People’s News : २०५२ साल फागुन १ गते नेपालमा तत्कालिन नेकपा माओबादीको नेतृत्वमा जनयुद्ध शुरु भएको थियो । जनयुद्ध सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई माओबादीको संसदिय मोर्चा संयुक्त जनमोर्चा नेपालको नाम बाट ४० बुँदे माग राख्दै जनयुद्धको घोषणा गरिएको थियो । रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो । जनयुद्धको देशव्यापी प्रभाबका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लियो र युद्धरत नेताहरूको टाउकाको मुल्य (२५ देखि ५० लाख सम्म) समेत निर्धारण गरिएको थियो । यो युद्दमा करिब १७००० नेपालीको ज्यान गएको थियो भने हजारौंको संख्यामा घाईते अपाङग बेपत्ता भएका छन ।

जनयुद्ध’ नेपालको इतिहास भैसकेको छ । १ फागुन २०५२ देखि शरु भएर ५ मंसिर २०६३ को बृहद शान्ति संझौता मार्फत जनयुद्धको औपचारिक समापन भयो । यसको महत्व के हो ? यसको सामाजिक, वैचारिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक महत्व के हो ? यसको समर्थन र विरोधमा बृहत् बहस गर्न सकिन्छ तर यसलाई अस्वीकार गर्न सकिंदैन । जनयुद्धको सबैभन्दा ठुलो उपलब्धि भनेकै गणतन्त्रको स्थापना हो । २४० वर्षदेखि चलेको राजतन्त्रलाई समाप्त गरी नेपाललाई गणतन्त्र घोषणा गरियो । यसले जनतालाई आफ्नो भाग्य आफैँ निर्धारण गर्ने अवसर प्रदान गर्यो । संविधानसभाको निर्वाचन भएर २०७२ सालमा नयाँ संविधान जारी भयो, जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । यसले देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक बहुदलीय शासन प्रणाली, मौलिक अधिकार , न्यायिक स्वतन्त्रता धर्म निरपेक्षता, समाबेसी र समानुपातिक प्रतिनिधित्व एबं महिला, दलित र पिछडिएको क्षेत्रलाई विशेष ब्यबस्थाको स्थापना गर्यो।
जनयुद्धको कुशल नेतृत्व गरेको माओबादी बृहद शान्ति सम्झौता मार्फत खुल्ला राजनितिमा प्रवेश गरेको दुईदसक पूरा भएको छ। खुल्ला राजनीतिमा प्रबेस संगै उसको सांगठानिक ढाँचा,कार्यशेैली,कार्यदिशा,आचरण, संस्कार, व्यवहार बदलिएर पुराना पार्टी जस्तै भयो भने सिङ्गो माओबादी पार्टी एक ढिक्का रहेन दसौ घटक हरुमा बिभाजन भयो अहिले सबैले आ-आफ्नो डम्फु बजाइरहेका छन ।
जनयुद्धको समाप्ति लगत्तै पार्टीले युबाहरुलाई जनमुक्ति सेना मार्फत क्यान्टोनमेन्टमा र वाईसिएल मार्फत निर्बाचन क्षेत्र स्तरिय क्याम्प खडागरी होलटाईमर कार्यकर्ताको रुपमा राख्यो । पहिलो (२०६४को ) निर्बाचनमा माओबादी संसदको सबै भन्दा ठुलो दल बन्यो र एमाकेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, बादल रक्षा मन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री बनेर सरकारमा गए। तर बादलको सेनापतिसंगको टसलका कारण प्रचण्डले साकारबाट राजिनामा दिएर सडकमा गए । यहिबाट जनताको नजरमा माओबादी सरकार चलाउन नसक्ने ठहर भयो र माओबादिको पतन सुरुभयो। जनमुक्तिसेना र बाईसियलमा रहेका युबाहरु क्याम्प र क्यान्टोनमेन्ट बाट घर फर्कीए। तर घरको हालत र बेरोजगारी समस्याका कारण अधिकांस युबाहरु बिदेसिए।
यसरी बिदेसिने माओबादी युबाहरु मध्ये एक हुन जिबित कार्की। दोलखा तितेचौरका कार्की स्कुलको पढाइ छोडेर जनयुद्दमा होमिए। २०६४ पछि स्कुले पढाइ पुरा गरे र २०६५ मा रोजगारीको खोजिमा बहराईन पुगे। अहिले उनी नेपाली जनप्रगतिशिल मञ्च बहराईनको सचिब छन। आफ्नो देब्रे खुट्टाको पिडुलामा गन सहित जनयुद्द शुरु मिति र देब्रेहातको पाखुरामा बुद्दको ट्याटु सहित बुद्द वाज बर्न ईन नेपाल लेखेका छन। युद्द बिना शान्ति स्थापना हुदैन । तर युद्द सधै सम्भव हुदैन। स्थायी शान्तिका लागि युद्द आबस्यक थियो त्यसैले नेपालमा जनयुद्द आबस्यक थियो। भयो। अब स्थायी शान्तिको आबस्यक छ। भन्ने सन्देस दिन उनले यी ट्याटु आफुसँगै रहने गरी शरिरमा बनाएका छन ।

तिसौं जनयुद्द दिबसको अबसरमा फेसबुक स्टाटस मार्फत माओबादी नेतृत्बलाई सुझाव दिदै उनले भनेका छन : – आजको यो ३०औँ जनयुद्ध दिबसको अबसरमा सर्बहारा बर्गको अधिकारको निमित्त जनयुद्ध सञ्चालन गर्ने तत्कालीन माओवादीहरू एक ठाउँमा आएर जनयुद्ध ताका जस्तै जनतामा समर्पित भएर, जनताका झुपडीहरूमा गएर, जनताका समस्याहरु बुझेर समस्याहरूलाई समाधान गर्दै अगाडि बढेर जनतामा माओबादीले ल्याएको उपलब्धिहरुलाई सस्थागत गर्दै २०८४ को निर्बाचनमा जनताको दुई तिहाई मत ल्याएर सरकारको नेतृत्व गरेर देशलाई समृद्धि तिर लैजादै सर्बहारा बर्गको निमित्त लाग्न नेताहरूमा सु-बुद्धि फिरोस र देश र जनताले समृद्ध नेपाल सहित सूखी नेपाली भएकको महसुस गर्न पाउन यहि छ जनयुद्ध दिबसको शुभ कामना ।

कार्की लेख्छन्:-
जनयुद्ध जिन्दावाद ।
बिर सहिदहरु अमर रहुन्।
गणतन्त्र जिन्दावाद ।
प्रतिक्रियाबादी बयलगाडेहरु मुर्दाबाद।
हार्दिक श्रद्धाञ्जली सहित वीर सहिदहरु अम्मर रहुन अम्मर रहुन 


।
जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपांग योद्दाहरुकको तुरुन्तै उपचारको माग गर्दै सिघ्रस्वास्थ लाभको कामना गर्दछु ।
बेपत्ता योद्दाहरुको तुरुन्तै खोजी गरि सार्बजनिक गरियोस् ।
जनयुद्धका झुट्टा मुद्दाहरु तत्काल खारेज गरियोस् र राज्यसत्ताको षड्यन्त्र मुलक सोच तत्काल बदलियोस ।
जनयुद्धका सबै मुद्दाहरु सत्य निरूपण तथा मेलमिलाप आयोग (TRC) विेधेयक प्रस्ट रुपमा अगाडि बढाएर पुर्ण रुपमा सक्रिय बनाएर छिटो भन्दा छिटो सर्बजनिक गरि सत्य निरुपण सहित न्यायिक फैसला गरियोस् ।
३०औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सम्पुर्ण उपलब्धिहरुलाई संस्थागत गर्दै समृद्ध नेपालको परिकल्पना बोकेर लाग्नुभएको सम्पुर्ण नेपाल कम्नियुस्ट पार्टी माओवादी केन्द्रका आदरणीय नेतृत्व बर्गहरुले आजैबाट ३०औं बर्ष पूरा गरेको जनयुद्ध मार्फत कस्का निम्ति के उपलब्धि हासिल गर्नको लागि लडिरहेका थियौं भन्ने कुराको हेक्का राखेर १० बर्ष लडिएको त्यो महान जनयुद्धको मनन गरियोस । कमरेड प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट सुरु गरेको महान जनयुद्ध एकात्मक राज्य सत्ताबाट थिचोमिचो भएर बसेका सर्बहारा बर्गको वर्ग सङ्घर्ष थियो जसले २४० बर्षे एकात्मक शाही सत्ता र त्यसका गुलाम गरीरहेका अहिलेका गणतन्त्र बिरोधी पार्टीहरुलाई घुडा टेकाउन सफल भयो र शान्ती सम्झौता हुँदै जनयुद्ध र जनआन्दोलन पछि २४० बर्षे एकात्मक राज्य सत्तालाई आर्यघाटमा लगेर दागबत्ती दिदै बागमतीमा तिलान्जली दिइयो र आज जनतामा निहित राज्यसत्ता तिनै जनयुद्ध र सयुक्त जनआन्दोलनको नेतृत्व कर्ताहरुको हातमा आईसकेको अबस्थामा पनि केही स्वार्थी दलाल, भ्रष्टाचारी , नैतिकताहीन, पतनकारी जो जनयुद्ध र जन आन्दोलन ताका दुलोमा लुकेर मुसाको तालमा बाहिर चियाउदै अमेरिकाको यात्रा बयलगाडा भन्नेहरु सिमित पापी मान्छेहरुको कारण नेपाली जनता उहीँ पुरानै ब्यबस्थामा नै गुज्रिएको महसुस भईरेहेको छ . राजनीतिक दल र तिनका आसेपासेमा मात्र त्यो उपलब्धि आफुमा सिमित गराएर विभिन्न आरोप प्रत्यारोपमा लागि रहेको र आम नागरीकको समस्यालाई ध्यान नदिरहेको अब्स्था अहिले छ ।
आजको यो ३०औँ जनयुद्ध दिबसको अबसरमा सर्बहारा बर्गको अधिकारको निमित्त जनयुद्ध सञ्चालन गर्ने तत्कालीन माओवादीहरू एक ठाउँमा आएर जनयुद्ध ताका जस्तै जनतामा समर्पित भएर जनताका झुपडीहरूमा गएर जनताका समस्याहरु बुझेर समस्याहरूलाई समाधान गर्दै अगाडि बढेर जनतामा माओबादीले ल्याएको उपलब्धि हरुलाई सस्थागत गर्दै २०८४ को निर्बाचनमा जनताको दुई तिहाई मत ल्याएर सरकारको नेतृत्व गरेर देशलाई समृद्धि तिर लैजादै सर्बहारा बर्गको निमित्त लाग्न नेताहरूमा सु-बुद्धि फिरोस र देश र जनताले समृद्ध नेपाल सहित सूखी नेपाली भएकको महसुस गर्न पाउन यहि छ जनयुद्ध दिबसको सुभ कामना ।
जिबित कार्की – दुश्मन
जनयुद्ध ताका तानाशाह सरकार बाट पीडित।


