![]()

People’s News : जनतालाई सत्य तथ्य पस्किने मिडिया भन्दा पनि राजनीतिक दलको गुलाम बन्ने होडवाजीमा सक्रिय नेपाली मिडिया । सत्य बोल्ने भन्दा पनि दलको भाषा बोल्नेमा परिनत हुँदै । एक समय थिए मिडियालाई लोकतन्त्रको “चौथो अंग” भनिन्थ्यो । जनताको आवाज बोल्ने, सत्तालाई प्रश्न गर्ने, भ्रष्टाचारको पर्दाफास गर्ने शक्ति थियो मिडिया तर आज अवस्था उल्टिँदै गएको छ । धेरै मिडिया सत्यभन्दा दलको स्वार्थको सेवक बन्दै गएका छन् । हाल धेरै जसो मिडिया राजनीतिक दलका नेताको वरिपरि घुम्ने पत्रकारिता, पैसामा बिक्ने बहस, विज्ञापनको लोभमा मौन बस्ने सम्पादक यी सबैले मिडियाको आत्मा कमजोर बनाइरहेका छन् ।

मिडियामा सामाचार कम, दल (नेता) को प्रचार बढी देखिन थालेको छ । जनताको सूचना अधिकारमाथि हमला हुन थालिएको छ । जब मिडिया स्वतन्त्र रहँदैन, त्यसबेला जनताले सत्य पाउँदैनन् । मिडियाले एउटा दलको गल्ती लुकाउछ, अर्को दलको कमजोरी बढाइचढाइ गरिन्छ । यसले समाजमा भ्रम, घृणा र अन्धभक्त उत्पादन गर्छ । आज धेरै युवाले सामाजिक सञ्जालमा देखेको प्रचारलाई नै सत्य ठानिरहेका छन् । किनकि निष्पक्ष मिडिया जसले जनतामा सही तथ्य पुर्याउन सक्दैन जस्ले गर्दा मिडिया कमजोर बन्दै गएको छ । पत्रकार निष्पक्ष भन्दा पनि दलका कार्यकर्ताको रुपमा आफुलाई चिनाउन थालेका छन् । कतिपय पत्रकार खुला रूपमा नेताको बचाउमा उत्रिएका छन् । प्रेस सम्मेलनभन्दा पार्टी कार्यालयमा उनीहरूको उपस्थिति बढी देखिन्छ । प्रश्न सोध्नुपर्नेहरू ताली बजाउन थालेपछि लोकतन्त्र खतरामा पर्छ ।
सबै मिडिया बिकेका छैनन् अझै पनि केही स्वतन्त्र पत्रकार र मिडिया छन्, जसले धम्की, दबाब र आर्थिक संकटका बीच पनि सत्य बोलिरहेका छन् । तर उनीहरूलाई बचाउन समाज, पाठक र युवाको साथ आवश्यक छ । सत्य बेचेर सत्ता किन्ने खेल मिडिया कि दलको मुखपत्र , जनताको आवाज दबाउँदै राजनीतिक प्रभावमा झुक्दै गएको नेपाली मिडियामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।


