व्यापार–व्यवसायकालागि सहकारी  विश्वासको र समृद्धिको बाटो

Loading

पिपुल्स न्युज काठमाडौँ : साना तथा मझौला उद्यम, घरेलु उद्योग तथा स्वरोजगारलाई आर्थिक रूपमा सशक्त बनाउन सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सहज बचत, सरल ऋण प्रक्रिया र सदस्य–केन्द्रित सेवाका कारण सहकारी व्यवसायीहरूको भरपर्दो सहयात्री बन्दै गएको छ ।

व्यापार सुरु गर्न वा विस्तार गर्न आवश्यक पूँजीको अभाव हुने धेरै व्यवसायीले सहकारीमार्फत ऋण प्राप्त गरी आफ्नो व्यवसायलाई सफलतापूर्वक अगाडि बढाइरहेका छन् । सहकारीले केवल वित्तीय सहयोग मात्र नभई बचत गर्ने बानी, आर्थिक अनुशासन र उद्यमशीलता विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

विशेषगरी महिला उद्यमी, युवा व्यवसायी तथा साना व्यापारीका लागि सहकारी प्रभावकारी माध्यम बनेको छ । उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा लगानी बढ्दै जाँदा स्थानीय रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र पनि बलियो बन्दै गएको छ ।

यसै सन्दर्भमा सहकारीकर्मीहरूले “व्यापार–व्यवसायका लागि सहकारी मात्र सहयात्री” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सदस्यहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न र आत्मनिर्भर बन्न आग्रह गरेका छन् । सहकारीको सही उपयोगबाट व्यक्तिगत, पारिवारिक र सामुदायिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

यहि योजना अन्तर्गत आफ्ना सदस्यहरुका लागि (जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौँ ) आर्थिक सशक्तीकरण तथा उद्यमशीलताको विकासलाई प्राथमिकतामा राख्दै व्यापार–व्यवसाय प्रवर्द्धनका लागि सहुलियतपूर्ण ऋण सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

संस्थाका अनुसार साना तथा मझौला व्यवसाय, घरेलु उद्योग, कृषि तथा स्वरोजगारका क्षेत्रमा लगानी गर्न चाहने सदस्यहरूका लागि सरल प्रक्रिया, उचित ब्याजदर तथा छिटो सेवा उपलब्ध गराइँदै आएको छ । यसबाट धेरै सदस्यहरूले आफ्ना व्यवसाय सुरु गर्ने, विस्तार गर्ने तथा आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् ।

संस्थाले “व्यापार–व्यवसायका लागि सहकारी मात्र सहयात्री” भन्ने मूल नारालाई आत्मसात गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, स्थानीय उद्यमको विकास तथा रोजगारी सिर्जनामा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संस्थाका अध्यक्षले सहकारीको माध्यमबाट सदस्यहरूको जीवनस्तर उकास्ने, बचतको संस्कार विकास गर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी बढाएर समृद्ध समाज निर्माणमा सबै सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि सदस्य–मैत्री, पारदर्शी तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै आर्थिक समृद्धिको यात्रामा आफ्ना सदस्यहरूको भरपर्दो सहयात्रीका रूपमा निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

व्यापार गर्न चाहनुहुन्छ ? 

व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ ? 

पूँजीको अभावले रोकिएको सपना अब जनजीविका सहकारी काठमाडौँसँगै पूरा गर्न सकिन्छ ।

जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूलाई सरल प्रक्रिया, सहज ऋण सुविधा र विश्वसनीय सेवामार्फत व्यापार तथा व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । सहकारीबाट प्राप्त आर्थिक सहयोगले धेरै सदस्यहरूले आफ्नो व्यवसाय स्थापना, विस्तार र आत्मनिर्भर जीवनको यात्रा सफलतापूर्वक अघि बढाएका छन् ।

हामी विश्वास गर्छौं—समृद्ध सदस्य, समृद्ध सहकारी र समृद्ध समाज निर्माणको आधार उत्पादनशील लगानी हो । त्यसैले व्यापार, कृषि, सेवा तथा साना उद्योगमा लगानी गर्न चाहने सदस्यहरूका लागि जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड सधैं सदस्यको साथमा छ भन्नु भयो । 

<

p style=”text-align: justify;”>नारा: “व्यापार–व्यवसायका लागि सहकारी मात्र सहयात्री । जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Leave a Comment