नेपाली जनप्रगतिशिल मञ्च बहराईनको १५ औं सथापना भब्यरुपमा सम्पन्न।

Loading

बहराइन, २३ फेब्रुअरी २०२५, नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५ औं स्थापना दिवस फेब्रुअरी २१, २०२५ का दिन भेटघाट नेपाली रेस्टुरेन्ट मनमाको सभाहलमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका एसिया प्रदेश कमिटीका संयोजक शनि कुमार ओली सहित विभिन्न वैचारिक संगठन,सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र बहराईनमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रमूख अतिथी ,मञ्चका पदाधिकारीहरु, विशिष्ट अतिथि, र अतिथिहरूको सहभागितामा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा सहिदहरु प्रति एक मिनट मौनधारण गरी शुरु गरिएको थियो । समारोहको अध्यक्षता नेपाली जनप्रगतिशिल मन्च बहराईनका अध्यक्ष कमरेड रामु काफ्ले , सञ्चालन मञ्चका उपाध्यक्ष मिनराज नाथले गर्नुभएको थियोभने स्वागत मन्तब्य मञ्चका अर्का उपाध्यक्ष गोपाल सेजवाल ले ब्यक्त गर्नु भएको थियो।

मञ्चको १५ वर्षीय योगदानको चर्चा गर्दै थोमस कुलुङ, अध्यक्ष, नेपाल ट्रेड युनियन महासंघ सपोर्ट ग्रुप, बहराईन, दीपक गुरुङ, अध्यक्ष, नेपाली क्लब, बहराईन, वीरेन्द्र तुम्बापो, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, बहराईन,  राजुकुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ, बहराईन, चन्द्र गुरुङ, अध्यक्ष, प्रवासी नेपाली मञ्च, बहराईन,पदमसुन्दर गुरुङ, सभापति, नेपाली जनसम्पर्क समिति, बहराईन, राज देबकोटा अध्यक्ष, नेपाली जनप्रगतिशिल मन्च कतार , लगाएतका अतिथि हरुले शुभबकामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा कलाकार बामदेव भाटले जनगायक जीवन शर्माको प्रसिद्ध गीत “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको” प्रस्तुत गर्दै सहभागीहरूलाई मन्त्रमुग्ध पारे। त्यस्तै, कलाकार रेजिना छिनालले “नेपालको छोरी हुँ म” बोलको गीतमा नृत्य प्रस्तुति दिँदा माहोल झनै उत्साहपूर्ण बन्यो।

मञ्चका पदाधिकारीहरूले आफ्नो मन्तव्यका क्रममा संस्थाका पूर्व अध्यक्षहरूको योगदानलाई कदर गर्नुको साथै  विगतका उपलब्धिहरूको चर्चा गर्दै संस्थालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रामु काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्साह र सहभागिताको अपेक्षा व्यक्त गर्दै वाहाले मञ्चले प्रवासी नेपाली समुदायका हकहितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता दोर्याउनु भएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी शनि कुमार ओलीज्यूले कार्यक्रममा उठेका विषयवस्तुको जवाफ दिँदै अब प्रबासमा बस्ने नेपालीहरुले यहाका संगठनहरूबाट पनि राजनीतिक र सामाजिक चेतनाको विकास गर्दै अगाडि बढ्नु पर्ने भनाई राख्नु भएको थियो।

यो १५ बर्षको अबधिमा नेपाली जन प्रगतिशिल मञले रोजगारीको सिलसिलामा बहराइन आएका नेपाली श्रमिकहरूको हकहित र कल्याणका लागि निरन्तर काम गर्दै आएको,मञ्पा नेपाली श्रमिकहरूले भोग्नु परेका दुःख, पीडा र समस्याहरूमा सहयोग पुर्‍याउँदै उनीहरूको आवाजलाई सम्बन्धित निकाय सम्म पुर्याएर समस्या समाधानमा पहल गरिरहेको,बहराइनमा नेपाली श्रमिकहरूको संख्या बढ्दै गएका कारण नेपाली राजदूतावासको आवश्यकता तीव्र रूपमा महसुस गरी २०१३ सेप्टेम्बर १ मा नेपाली राजदूतावास औपचारिक रूपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्बाह गरेको,विशेष गरी श्रम शोषणमा परेका नेपाली श्रमिकहरूको उद्धारका लागि मञ्चले विभिन्न संघ संगठनहरूसँग सहकार्य गर्दै बहराइनस्थित नेपाली दूतावाससँग मिलेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, यस प्रयासबाट पीडित श्रमिकहरूको अधिकार सुनिश्चित हुनुका साथै उनीहरूलाई कानुनी संरक्षण प्रदान गर्ने काममा मञ्चले उल्लेखनीय योगदान पुर्‍याएको,बैदेसिक रोजगारीका शिल शिलामा बहरायन आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दलाल र ठगहरूको जालोबाट जोगाउनका लागि मञ्चले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको,मञ्चले दलाली प्रथाविरुद्ध जनचेतना फैलाउँदै, पीडितहरूको उजुरीका आधारमा सम्बन्धित निकायलाई कानुनी कारबाहीका लागि दबाब दिने कार्यमा समेत अग्रसर भूमिका खेल्दै आईरहेको,अभियानमार्फत मञ्चले बहराइनमा रहेका नेपालीहरूको सुरक्षाको प्रत्याभूति गर्नुका साथै उनीहरूको अधिकार सुनिश्चित गर्ने र वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको सथै विगत १५ वर्षको यो यात्राले मञ्चलाई बहराइनमा रहेका नेपाली समुदायको विश्वासिलो संस्थाको रूपमा स्थापित गराएको जानकारी नेपाली जनप्रगतिशील मन्च,बहराईन कार्यबाहक महासचिव जिवित कार्की ले बताउनु भयो।

Leave a Comment