बालेन प्रधानमन्त्री बन्नेमा रस्वपामा अन्यौल

Loading

पिपुल्स न्युज : बालेनलाई प्रधानमन्त्री र संसदीय दलको नेता बनाउन रास्वपाभित्र अलमल ।

रास्वपा स्रोतका अनुसार समानुपातिक सांसद चयनदेखि नै पार्टी सभापति रवि लामिछाने र बालेनबीच केही असमझदारी देखिएको बताइन्छ । यही असमझदारीले अहिले संसदीय दलको नेता चयन प्रक्रियामा पनि प्रभाव परेको हुनसक्ने संकेत देखिएको हो ।

निर्वाचनअघि रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको भए पनि उहाँलाई पाँच वर्षकै लागि प्रधानमन्त्री बनाउने भन्ने विषयमा स्पष्ट सहमति भएको थिएन । यही विषय अहिले पार्टीभित्र बहसको केन्द्र बनेको छ ।

सभापति लामिछाने निकट सांसदहरू बालेन र रविबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने आन्तरिक सहमति हुनुपर्ने पक्षमा देखिएका छन् । उनीहरूका अनुसार पहिलो साढे दुई वर्ष बालेन प्रधानमन्त्री हुने र त्यस अवधिमा लामिछानेमाथि रहेका सहकारी तथा संगठित अपराधसम्बन्धी मुद्दाहरूको समाधान भएपछि पछिल्लो साढे दुई वर्ष रवि प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्ने तर्क उनीहरूको छ ।

तर, बालेन पक्षधर सांसदहरू भने चुनावमा आएको जनलहर नै बालेनको नेतृत्वका कारण भएको भन्दै पाँच वर्ष नै बालेन प्रधानमन्त्री हुनुपर्ने अडानमा छन् । रास्वपाका एक सांसदले भने– ‘निर्वाचनमा जनताले बालेनलाई प्रधानमन्त्रीकै रूपमा देखेर मत दिएका हुन्, त्यसैले पाँच वर्षको नेतृत्वमा कुनै सम्झौता हुनु हुँदैन ।

Leave a Comment