![]()
पिपुल्स न्युज : देशको बिकासमा सबैभन्दा ठूलो बाधा भनेको राजनीतिक अस्थिरता हो । सरकार फेरिने खेलले दीर्घकालीन योजना कार्यान्वयन हुन पाउँदैन । नयाँ सरकार आउँछ, पुरानो सरकारले ल्याएको योजना थन्किन्छ राष्ट्रको समय र स्रोत दुवै बर्बाद हुन्छ । नायाँ होस वा पुराना सबै विकासको नाममा केवल भाषण र आश्वासन बाँड्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
जनताको भूमिका समेत प्रश्नको घेरामा छ ।
अन्धभक्ती, पैसामा भोट बेच्ने प्रवृत्ति,
र गलत व्यक्तिलाई समर्थन गर्ने संस्कारले पनि विकासलाई रोकिरहेको छ ।
सरकार फेरिने प्रबृतिले भ्रष्टाचार र भ्रष्टाचारीको जन्म दिन्छ जुन विकासको सबैभन्दा ठूलो शत्रु हो । ठेक्का प्रणालीदेखि सरकारी नियुक्तिसम्म, सबैमा पैसाको खेल चलिरहेको हुन्छ । विकासका लागि छुट्याइएको बजेट कागजमै सीमित हुने अवस्था सिर्जना भएको हुन्छ । कमिसन बिना कुनै पनि काम हुँदैन भन्ने मानसिकता संस्थागत भइसकेको छ ।
देशको प्रशासनिक ढिलासुस्ती अर्को ठूलो समस्या हो । कुनै पनि परियोजना समयमै पूरा नहुनु, फाइल महिनौँ सम्म थन्किनु—यी सबैले विकासको गति सुस्त बनाएको छ । दक्षता भन्दा पनि पहुँच र शक्ति हाबी हुँदा योग्य व्यक्तिहरू पछाडि परिरहेका छन् ।
यत्तिमै सीमित छैन । नीति निर्माणमा स्पष्टता र निरन्तरता नहुनु पनि प्रमुख कारण हो । हरेक नयाँ नीति व्यवहारिक भन्दा पनि लोकप्रियतामुखी देखिन्छ । कार्यान्वयन पक्ष कमजोर हुँदा नीति कागजमै सीमित हुन्छ ।
तर देशको यस्तो बवस्था हुनमा सबै दोष केवल नेतामाथि थोपर्ने हो भने त्यो अधुरो सत्य हुन्छ । जनताको भूमिका समेत प्रश्नको घेरामा छ । अन्धभक्ती, पैसामा भोट बेच्ने प्रवृत्ति, र गलत व्यक्तिलाई समर्थन गर्ने संस्कारले पनि विकासलाई रोकिरहेको छ । जबसम्म जनता सचेत हुँदैनन्, तबसम्म प्रणाली सुधारको आशा गर्नु व्यर्थ हुन्छ ।