![]()
पिपुल्स न्युज : जनकपुर चुरोट कारखाना बहुदलिय राजनितिको चपेटामा परेको जनकपुर चुरोट कारखाना !!!
जनकपुर चुरोट कारखाना लिमिटेड (Janakpur Cigarette Factory Ltd) नेपालको प्रारम्भिक औद्योगिक प्रयासको एक प्रमुख उदाहरण हो, जसले आयात विस्थापन र रोजगार सिर्जनालाई लक्षित गर्दै राजा महेन्द्र वीर विक्रम शाहको प्रयासमा सोभियत युनियनको प्राविधिक र आर्थिक सहयोगमा बि.स २०१९ सालमा सुरु भै बि.स २०२१ पुस २९ मा राजा महेन्द्रले उद्घाटन गर्नुभयो. ।

यसको प्रमुख उदेश्य भारतिय चुरोट आयात विस्थापन गरि घरेलु उत्पादन र राष्ट्रिय उद्योग विकासको साथ साथै घरेलु कच्चापदार्थको सदुपयोग गरि ग्रामीण इलाकामा नगदे बालिका रुपमा सुर्ती खेतिलाइ बिस्तार गरि ग्रामीण गरिबी हटाउनु थियो।
धनुषा जिल्ला जनकपुरधाममा ३३ बिघा ९ कठ्ठा सरकारी जग्गामा फैलिएको यो कारखानाले उत्पादन हल, प्रशासनिक भवन, श्रमिक बस्ती, अस्पताल र विद्यालयसहितका भौतिक पूर्वाधार निर्माण गरि अधिकृत पूँजी ८ करोड र चुक्ता पूँजी ४ करोड ८ लाख ३७ हजार रहने गरि सुरु गरिएको उक्त उद्योगलको बार्षिक २ अर्ब खिल्ली चुरोट उत्पादन गर्दथ्यो भने पछि क्षमता बढाइ ३ अर्ब खिल्ली चुरोट उत्पादन क्षमता सम्म पुर्याइयो। उक्त उद्योगले देउराली, याक र गैडा जस्ता लोकप्रिय ब्राण्डका चुरोट उत्पादन गरि देशभर ७५ वटै जिल्लामा ११५ वटा बितरण केन्द्रमार्फत बिक्री बितरण गर्दथ्यो।

तर आफ्नो उत्पादन नेपालका विभिन्न ठाउसम्म पुर्याउन जनकपुर – जयनगर रेल मार्फत रक्सौल (भारतिय बाटो) हुदै बिरगंज पुर्याइ नेपालका अन्य शहरहरुमा लग्नु पर्ने बाध्यताकै कारण राजा महेन्द्रले पुर्व – पश्चिम (महेन्द्र राजमार्ग) निर्माणको परिकल्पना गर्नुभएको हो। तर पछि राजमार्गको निर्माण गरिसकेपछि आफ्नै १० वटा भ्यान मार्फत नेपाल र भारतीय बजार सम्म पुग्ने ब्यबस्था गरिएको थियो।
सुरुवाती चरणमा ३६६ जना स्थायी कर्मचारी बाट सुरु गरिएको उद्योगमा मध्यम कालसम्म आइपुग्दा करिव २९०० जना स्थायी, केही करार र बाकी ठेकेदार मार्फत दैनिक ज्यालादारीमा गरि करिव ४०००-५००० जना प्रत्यक्ष रोजगारिमा थिए भने अप्रत्यक्ष रुपमा हजारौ घरपरिवार उक्त उद्योग मार्फत जिविका चलाइरहेका थिए । तर उद्योगको अन्तिम अबस्था सम्म आइपुग्दा करिब १०००० कर्मचारी राजनितिक कोटा मार्फत भर्ती गरिसकिएको थियो। उक्त उद्योगले नेपालको खेलकुद क्षेत्रमा गरेको योगदान अतुलनिय छ।
कुनै समयमा जनकपुर चुरोट कारखानाको फुटबल टिम Janakpur Cigarette Factory football club नेपालको उत्कृष्ट टिम थियो। उक्त टिमले बि.स २०४४ सालमा भएको दशरथ रंगशाला दुर्घटनाको समयमा Tribhuvan Challenge Club Football Tournament को फाइनल खेल खेलिरहेको थियो। यसैको परिणाम त्यो समय नेपालले फिफा बरियतामा १२१ औ स्थान सम्म हासिल गर्न सफल भएको थियो।
उक्त उद्योगले नेपालमा विभिन्न जिल्लाहरुबाट कच्चापदार्थ लिने गर्दथ्यो भने प्रमुख रुपमा महेन्द्रनगर, ढल्केबर, गोदार, मिर्चैयाजस्ता क्षेत्र सुर्ती खेतिका लागि प्रख्यात थिए भने अपुग हुने कच्चापदार्थ भारतको बिहारबाट आयात गरिन्थ्यो । खरिद प्रक्रियालाई पारदर्शी बनाउन राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मार्फत भुक्तानी गरिने ब्यबस्था श्री ५ को सरकारले गरेको थियो। कुनै समय नेपालको सबैभन्दा बढी कर तिर्ने उद्योगको क्षबी बनाइ नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड बनेको सोही उद्योग उत्कृष्ट नीति र व्यापक एकल बजारको बाबजुद जनकपुर चुरोट कारखाना धरासायी अबस्थामा पुग्यो।
यसको प्रमुख कारण बि.स २०४६ सालपछि विकसित बहुदलीय राजनितीक ब्यबस्था हो। बि.स २०४६ पछि उद्योगमा छिरेको राजनीतिक हस्तक्षेप, गैर-व्यावसायिक राजनितीक नियुक्तिले सृजिना गरेको भ्रष्टाचार, कच्चा पदार्थ अभाव र वित्तीय घाटा प्रमुख रुपमा रहेको भनिएता पनि २०४६ पछि निर्माण भएको जननिर्वाचित सरकारका पहिलो प्रधानमन्त्री कालो काङ्ग्रेसी नेता गिरिजाप्रसाद कोइरालाले राजनितिलाइ उद्योगमा घुसाइ कर्मचारीलाई राजनितिक दलको कार्यकर्ता बनाइयो, उद्योगको प्रबन्ध निर्देशक राजनितिक भागबन्डाको आधारमा नियुक्ति गर्न थालियो। सरकार परिबर्तन हुने बित्तिकै प्रबन्ध निर्देशक आफ्नै दलगत कार्यकर्ता बाटै नियुक्ति गर्न थालियो।
<
p style=”text-align: justify”>यसैको परिणाम कच्चापदार्थ आयातमा कमिसन, कर्मचारीको अनावश्यक हटताल र राजनितिक नियुक्ति मार्फत भर्ती भएका राजनितीक दलका कर्याकर्तालाई तलब, भत्ता र अनावश्यक सेवा सुबिधाको बोझले थलिएको कारखानामा बिस्तारै उत्पादनमै समस्या आउन थाल्यो। जसको परिणाम नेपालमा बि.स २०४३ सालमा खुलेको सुर्य नेपाल कम्पनीको व्यापक बजार बिस्तारले र नेपालका भष्ट्र नेता सुर्य नेपाल कम्पनीको नोटमा बिक्नुको परिणाम बिस्तारै जनकपुर चुरोट कारखानाको बजार धरासायी हुन पुगि वार्षिक घाटा १९ लाख र सञ्चित २.९ अर्ब नोक्सानीमा पुग्यो। अन्ततः तलब दिन नसक्ने अबस्थामा पुगि बि.स २०७० असार २० गते खिलराज रेग्मी सरकारले सबै कर्मचारीलाई अवकाश दिई उद्योग पूर्ण रुपमा बन्दको घोषणा गर्यो। (फेसबुक पेज राजाबादीबाट साभार गरिएको )