![]()
People’s News : सोमबार राति धेरै युक्रेनी शहरहरूमा ठूलो आक्रमण गरेको छ। जसमा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। युक्रेनको डिनिप्रोमा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको बताइएको छ । किभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएको बीबीसीमा समाचार छ। गत महिना युक्रेनको रुस-कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएपछि त्यसको बदला लिन रुसले यो कदम चालेको बताइएको छ । किभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न अपील गरेका छन्। कीभको शहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण भइरहेको बताएका छन्।