![]()
पिपुल्स न्युज काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताले मन्त्रिपरिषद बैठकका चारवटा निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको म्या ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

<
p style=”text-align: justify;”>यसैगरी बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ भने समितिको सदस्यमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।