![]()
People’s news : काठमाडौं : साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै नेपालको दक्षिणतिर रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा शुक्रबारदेखि बिहीबारसम्म कोशी बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साताको सुरु र मध्यमा केही स्थानहरूमा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित मध्यम सम्मको हिमपात/वर्षाको सम्भावना छ।

पहाडी भू-भागमा साताभर कोशी प्रदेशको धेरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साताको सुरु र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

तराई भू-भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। विशेषगरी साताको सुरु र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा अधिकतम तापक्रम र न्यूनतम् तापक्रममा केही घट्ने, अन्त्यमा हल्का बढ्ने तथा बाँकी प्रदेशमा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको विभागले जनाएको छ।
<
p style=”text-align: justify;”>सरदरसँग तुलना गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम सरदर भन्दा केही बढी नै रहने तथा वर्षा सरदरभन्दा कम रहने सम्भावना रहेको छ।