समानुपातिक सिट बाँडफाँट : कुन दलले कति पाए ?

Loading

People’s News : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ । आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा यसअघि नै सार्वजनिक भइसकेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबै मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ । समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा एक करोड आठ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ । तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्दै ६ वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । 

Leave a Comment