कृषिप्रधान देशमा कृषकको खाचो : नेत्रबहादुर भुजेल

Loading

PeoplesNews : नेत्रबहादुर भुजेल”बिबश” लाकुरीडाडा-२ दोलखा : कृषिप्रधान देशमा कृषकको खाचो अरु देशको तुलनामा जहाँ जनसंख्या कम छ सुकुम्बासी बढी भए बस्तिको खाचो । यहाँ बारीमा काम गर्न लजाउने युवायुवतीहरु हातमा पासपोर्ट च्यापी बिदेश लम्किन तयार छन । तर बाझो खेतबारी फर्केर हेर्न चाहदैन ।नेपालमा हुदा बाउआमा लाई धम्क्याएर खाएजस्तो हुन्न ५०° तापक्रममा बाउको बिहे देख्छन । अनि रिसले फेसबुकको भित्तामा लेख्न थाल्छन सरकार बेरोजगार युवालाई स्वदेशमा रोजगार दे रोजगार दे ? युवालाई स्वदेशमा नै रोजगारको ब्यबस्था गर ? बुढा बाउआमा बिहान उठेदेखी साझसम्म कुटो, कोदालो, डोको र नाम्लोमा रमाईरहेका हुन्छन । कसरी हुन्छ खेतबारी बाझो राख्न नपाए हुन्थ्यो भनी दिनरात दस नङ्ग्रा खियाईरहेका हुन्छन । यता छोराछोरी बेरोजगार छन सरकार सङ्ग रोजगारको आव्हान गर्दै नाराजुलस गर्न ब्यस्त छन । त्यस्तै सुकुम्बासीको नाममा माओवादी द्रन्द कालमा गाउँमा बस्न खेतिकिसानी गर्नको दुख झेल्न नसकेर काठमाडौमा आएका मध्य केही ब्यक्तिहरु नारा र जुलुस गर्दै सरकार बहिरो छ कि क्या हो सुकुम्बासीलाई जग्गा दे जग्गा दे जग्गा अन्त दिएर हुन्न जग्गा जहाँ आनाको २५/३० लाख देखि ४०/५० लाख जहा मुल्यांकन हुन्छ । त्यस ठाउँमा जग्गा दिनु पर्यो अन्त दिएर हुन्न हामी आफैमा समस्याको पर्खाल खडा छ ।

पहिला राजाको पालामा खुलाइएको कतिपय कलकारखाना उद्योग धन्दा २०५२ सालपछि माओवादीको चन्दा आतंक कर्मचारी युनियनको नाजायज माग नाफा भन्दा बढी सुबिधा दिनुपर्ने माग राखी बन्द हड्ताल गरेका कारण बन्द भयो ।जहाँ दिन सक्ने अबस्था नै थिएन माओवादीको लहैलहैमा लागेर यसैमा पनि माओवादीको समर्थनमा कर्मचारीले नै बम हानेर ध्वस्त बनाए ।कलकारखाना उद्योग धन्दा सारा बन्द भयो खाईपाई आएका कर्मचारी भरिया मजदुरको रोजि रोटि घुम्यो सबै बेरोजगार भए ।अब सरकारले कहाँबाट रोजगार कस-कसलाई कहाँ कहाँ मात्र दिने जुनसुकै पार्टीको प्रधानमन्त्री भए पनि युवालाई रोजगार कहाँबाट दिनु सम्भावना नै छैन ।पढेलेखेका युवाहरु बिदेशमा गएर मासिक २०/२५ हजारको लागि जुनसुकै काम गर्न तयार छ्न ।तर नेपालमा ज्यामी भरिया काम गरेर ४०/५० हजार कमाउदा लाज हुन्छ।कसैले भारी बोकेको देख्यो भने भरिया भन्छन कि भन्ने डर त्रास मनमा हुन्छ ।नेपालमा साच्चिकै भन्ने हो बेरोजगार र सुकुम्बासी छैनन होला भएपनी केही प्रतिशत होला तर मेरो बुझाईमा हुकुम बासीकै जमात बढी हुन आउछ ।नेपाल भन्दा बाहिरका मान्छेले रोजगार यहाँ पाईरहेका छन उनीहरु फ्रीमा त पक्कै काम गरिरहेका छैनन होला ।

अरुको छोराछोरी पढेर देश बिदेशमा डाक्टर इन्जिनियर बनेर बाउआमालाई बिदेश घुमाईरहदा मेरा छोराछोरी पनि पढेर ठूलो मान्छे बनोस बाउआमाले पढाउन सकेनन् भन्ने भावना पैदा नहोस भनेर शहरमा राखेका हुन्छन तर छोराछोरी यता नेता बन्ने हुटहुटिमा लागेर जहाँ पार्टीले कारबाही गरिसकेका जहाँ भ्रष्टाचारको मुद्दा खेपेर धरौटीमा छुटेका जसलाई आफ्नो सम्पत्ति कसरी जोगाउने सानै भएपनी पार्टीको अध्यक्ष किन नबन्ने भन्ने सोच भएका अनि दुईचार जना आन्दोलन गर्ने ब्यक्तिको खोजतलास गरिरहेका ब्यक्ति कै झोला बोकेर तिनै फटाहालाई साथ दिइरहेको हुन्छन । अनि कसैले सम्झाई बुझाई गर्न खोज्यो तर्क न बितर्कका साथ कत्तिकै देखेको झै गरि भन्छ हिजो रत्नाकार डाकु पनि वाल्मीकि भएको थियो नि?तर मेरो सोच मेरो भनाई के हो भने गलत ब्यक्तिको पछि लाग्यौ भने गलत नै हुन्छौ हामी यदि यो देशलाई भ्रष्टाचार,दलाल र माफियाको चङ्गुल बाट फुत्काउनु छ भने नया नेतृत्वको खाचो छ नया अनुहारको खाचो छ तीनिहरुलाई कारबाही गर्नु जरुरत छ।यदि तिनीहरुलाई कारबाही गरियो भने नया पुस्तालेपनि गलत गर्नु भन्दा पहिला हजार पटक सोच्न बाध्य हुनेछ ।त्यसैले नया जोशजागर र स्फुर्तिका साथ अगाडी बढ्न सकिन्छ यो देशको मुहार फेर्न सकिन्छ गरे के हुन्न कुलमान घिसिङ ले ४ बर्षमा बिद्द्धुत प्राधिकरण क्षेत्रमा कायापलट गरेर देखाई दिए जहाँ जनता तपाईं हामी १८ घन्टाको लोडसेडिङको मारमा थियौ ।त्यसैले युवा जागौ उमेर पुगिसकेकाहरुको साथ सहयोग र आशीर्वाद थापौ तर हिजो हाम्रै आँखा अगाडी मठ मन्दिर गुम्बा चैत्य राजतन्त्र लाई उखेलेर फाल्ने हरु जब पार्टी भित्र अटाउन सकेनन बाहिर आएर विभिन्न प्रलोभन देखाउदै संघ सङ्गठन बनाएर हामिलाई उल्लु बनाउदै छन एउटा कुरा राम्रो सङ्ग बुझौ र बुझाउ अहिलेका चोर फटाहा सुध्रीएर न वाल्मीकि बन्छन न साधु नै बन्न सक्छन ।

Leave a Comment