आज राति 12 बजे देखि 24 गते 12 बजे सम्मको लागि निषेधाज्ञा थपियो

Loading

Peoples news : काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।  आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले बताए ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

Leave a Comment