लिपुलेकमा भारतलाई चीनको साथ

Loading

 

Peoples News ; तिब्बत क्षेत्र र भारतबीच व्यापारसम्बन्धी सन् १९५४ मा भारत र चीनले गरेको एउटा समझदारीले त्यतिबेला नै लिपुलेक भन्ज्याङ दुवै देशका व्यापारी र तीर्थयात्रीले प्रयोग गर्नसक्ने ६ मध्ये एक सम्भावित पासका रूपमा उल्लेख गरिएको थियो ।यी सहमतिलाई देखाउँदै कतिपयले बेइजिङले उक्त भूगोललाई भारतीय भूमि मान्ने गरेको बताउने गरेका छन् । बहुदलीय व्यवस्था पुनर्बहाली हुनुभन्दा अघि लामो समयसम्म कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो दाबी पेश गर्न चुकेको आरोप नेपालले खेप्ने गरेको छ । अघिल्लो वर्षको नोभेम्बरमा काश्मीरको विशेष हैसियत समाप्त गरेसँगै भारतले नेपालले आफ्नो दाबी गर्दै आएको कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको थियो । नेपालले त्यस लगत्तै कूटनीतिक रूपमा विरोध जनाएर वार्ताका लागि आग्रह गरेपनि दुवै पक्षबीच संवाद अघि बढ्न सकेको छैन । तर चिनियाँ अधिकारीहरूसँग यस विषयमा आफूहरूले कुराकानी गरेको र तीर्थयात्रासम्बन्धी भारतसँगको आफ्नो समझदारीले त्रिदेशीय सीमा विन्दु पहिल्याउन असर नगर्ने जानकारी नेपाली पक्षलाई गराएको प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसद्‌लाई जानकारी गराएका थिए । savar