![]()
Rambabu Singh-Siraha : नेपाल के हो ? किन हो ? जनता किन हो ? सरकार कस्कालागि र किन ? यस्ता अनेक बिचार र भावना जनमानसमा आउन थालेको पनि धेरै भयो तर सही नेतृत्व नहुनु र जनताको आवाज सुन्ने निकाय पनि नहुनुले पनि देश भ्रष्टाचारको खाल्डोमा चुर्लुम्मै डुब्दा पनि कही कतैबाट कुनै पहल नहुनु पनि एकात्मक शासनको नमुना देख्न सकिन्छ । जनता हरेक दिन खाइनखाइ सकीनसकी देशको अर्थ तन्त्र धान्नका लागि कर बुझाइएको हुन्छ तर उक्त करको सही सदुप्याग नहुँदा जनताको जिवनयापन दिनदिनै खस्किदै गइ रहेको देखिन्छ । देशको गलत सरकारी गतिविधिको कारण हाल आएर प्रसत व्यीक्त ऋण ३९ हजार पुग्दा पनि सरकारलाई जनता प्रति कुनै चासो नदेखाउनुले पनि सरकारको चरित्र चित्रण भएको छ । सरकारको हरेक निकाय हरेक कार्यालयमा गाडी बिग्रीदा बनाउनु भन्दा पनि नयाँ किन्ने प्रबृतिले पनि सरकारको चरित्र नाङ्गो भएको छ । यहाँ सम्म की सरकारमा भएका हरेकले आफनो कार्यकर्ता र आफन्तबादहरुलाई सरकारी गाडी नै दिएका हुन्छ किन ? साधारण गाडीले हुने ठाउँमा १ करोड भन्दा माथिको गााडी र ५ लाख भन्दा माथिको बाइक दिएर जनतामाथि बोझ थोपर्नु किन ? हालै नेकपाबाट मन्त्री भएका मत्रीले आफनो कार्यकर्तालाई १ करोडको गााडी किन दिए ? सरकारी ढुकुटीबाटै कि दिए ? यस्ता अनेक बिचार, भावना र दुखेसो छन् जनातको यसको जवाफ खोज्नु नेपालमा सबभन्दा बढी मुर्खता हुन नेपालमा जती जनात छन् ति सबै सरकारमा छन त्यसपछिको जनतालाई मान्छैनै नगन्ने प्रबृति भएकोले पनि नेपालमा आफन्तबाद, जातियबाद, खोक्रोबाद, परिवारबाद, ल्टतन्त्र जस्तालेपनि होला देश झन झनै खस्किदै गएको र बाहिरी हस्तक्षेप बढदै गएको । तसवीर फेसबुकवालबाट
You must be logged in to post a comment.