कोरोना पछिको कृषि र अवसर :

Loading

 

 

Feroz Khan

MBA Agribusiness : King’s College

 

कृषि र कोरोना
कृषि यति सहज छ कि तपाईले छरेको बिउ बोट बनि फल दिन सक्छ र यती कठिन छ कि त्यो बिउ कहिले अंकुरण नहुन नि सक्छ्र कृषी पेशा मात्र नभएर यो करिब ६० प्रतिशत नेपालीको जीवनशैली पनि हो । भौगोलिक र जैविक बिबिधताले भरिएको हाम्रो देशमा कृषिको असिम सम्भावना छ । कृषिले देशको कुल ग्राह्यस्थ उत्पादनमा करिब २७% योगदान पूरयाउँछ । वर्तमान अवस्थामा युवा उध्यमीहरुको पनि आकर्षण र संलग्नता वृद्धि भएको देखिन्छ जसमा बिदेशबाट नेपाल फर्केका वा देशमा बसेर केहि फरक गर्न रुचाउने युवाहरु छन् । कृषिमा सरकारको प्राथमिकता र बर्षेनी बढ्दो कृषि बजेट बाबजुध कृषिको विकास दर निकै कम छ । वर्तमान अवस्थामा कृषिमा समस्या र चुनैती पनि उतिकै छ । सरकारका आफ्नै योजना र परियोजनाको सफलता पनि प्रश्न चिन्हको घेरामा छन् । कृषिमा आकर्षण बढाउन र किसानको समस्या समाधान का निम्ति ल्यायीयेका नीतिहरुको पनि प्रभावकारी रुपले कार्यान्वयन नभएको देखीन्छ । आयातीत कृषि उपजले बजारको मुख्य हिस्सा ओगटेकाले नेपालको कृषकलाई बजारीकरणको समस्याले पनि सताउदै आएको छ ।

कोरोनाको कारण विश्वमा महामारीको समयमा नेपाली उत्पादनले आफ्नो बजार सुनिस्चित गर्न नपाउनु निकै दुरभाग्य पूर्ण छ । बन्दा बन्दिक कारण किसानहरुको तरकारी खेतमै कुहिने र आयातित भारतीय तरकारीले बजार पाउदा पकै पनि सरकारको नीति नियम र प्राथमिकता माथि ठुलो प्रश्न उब्जिएकोछ । एकातिर महामारीक कारण विदेश बाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने योजना बनाई राख्दा बिगतमा यथावत रहेका उत्पादन र बजारीकरण समस्यालाई कम गर्न नसके हरियो सुन फलाउन देश फर्केका युवाले सरकार प्रतिको विश्वास र आफ्नो आत्मविश्वास गुमाउने ठुलो डर छ । देशमा श्रम गरेर सभ्य र सुखद जीवन बिताउन सकिन्छ भनेर विश्वासको वाताबरण बनाउँन सरकार र सरोकारवाला को सहकार्यको महत्वपूर्ण अवसर कोरोना महामारीले दिएको छ । चुनौतीलाई अवसरमा बदलिने यस्तो मौका समयले कमै दिन्छ । यस प्रति सरकरले पनि सोच्नु आवश्यक रहेको छ ।