आठ पटकसम्म कालोसूचीमा परेका रास्वपा उम्मेदवार

Loading

People’s News : काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो । विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव सहित ४२ जना उम्मेदवार रहेका छन् ।

आठ पटकसम्म कालोसूचीमा परेका थिए साह

उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ।

मधेश प्रदेश सभाका पूर्वसदस्य साहलाई रास्वपाले उम्मेदवार बनाएपछि यसअघि नै आयोगमा उजुरी परेको थियो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परे पनि आयोगले बेवास्ता गरिरहेको थियो ।

तर आयोगले आवश्यक छानबिनको निष्कर्ष आएको भन्दै मंगलबार उनको उम्मेदवारी खारेज गरिदिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उजुरी अनुसारको प्रमाण पर्याप्त भेटिएपछि उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

<

p style=”text-align: justify”>कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा साह सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । साह निर्माण व्यवसायी हुन् । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनीका रुपमा रहेका छन् ।

Leave a Comment