![]()
Abbulaish Ansari : Birgunj :
पर्सा : लकडाउनको अवज्ञा गर्ने १२ सय भन्दा बढी सवारीसाधन कारवाही परेका छन् । सवारीसाधनमाथि भएको कारवाहीबाट करिब ७ लाख रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । लकडाउनको हालसम्मको अवधिमा साना तथा ठूला गरी १२ सय भन्दा बढी सवारीसाधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षकले बताउनुभयो । पछिल्लो पटक महानगरपालिकाले तोकेको क्षेत्र बाहेकका ठाउँहरुमा पार्किङ्ग नगर्ने निर्णय गरेपछि बजारमा जथाभावी पार्किङ्ग गरिएका सवारी साधनलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । बीरगन्ज महानगरपालिकाले अहिले बन्दाबन्दीको बेला सवारी साधनको चाप कम रहेको अवस्थामा ४ ठाउँमा पार्किङ्ग स्थान तोकेको छ । महानगरपालिकाले मालपोत कार्यालय अगाडिको खाली जग्गा, आदर्शनगरमा रहेको पुरानो बसपार्क, भानुचौकमा रहेको नयाँ बसपार्क तथा घण्टाघरको दक्षिणपट्टि रहेको लालबंगला क्षेत्रलाई पार्किङ्ग स्थान तोकेको छ । तर जिल्ला प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक पण्डितले यसबारै लगातार दुई दिनसम्म महानगरमा माइकिङ्ग गरेको दाबी गर्नुभयो । यस्तो बेलामा पनि जथाभावी रुपमा बीरगन्ज नगरमा पार्किङ्ग हुने गरेको उहाँले बताउनुभयो ।
You must be logged in to post a comment.