नक्कली शैक्षिक प्रमाणपत्र किनबेच गर्ने गिरोह सक्रिय, युवाको भविष्य जोखिममा

Loading

People’s News : काठमाडौं, असार — नेपालमा फितलो कानुन र सामाजिक संजारलको गलत जानकारीका कारण नेपालका अधिकान्स युवा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने गिरोह पुनः सक्रिय भएको पाइएको छ । प्रहरी तथा अनुसन्धान निकायले पछिल्ला वर्षहरूमा विभिन्न स्थानबाट यस्ता गिरोहका सदस्यलाई पक्राउ गरे पनि नक्कली प्रमाणपत्रको कारोबार पूर्ण रूपमा रोकिएको छैन ।अनुसन्धानका अनुसार केही समूहले माध्यमिक तहदेखि स्नातक र स्नातकोत्तर तहसम्मका नक्कली प्रमाणपत्र, ट्रान्सक्रिप्ट, माइग्रेसन सर्टिफिकेट, प्रवेशपत्र तथा विभिन्न शैक्षिक संस्थाका छाप र हस्ताक्षरसमेत नक्कल गरी बिक्री गर्ने गरेको खुलेको छ । यस्ता प्रमाणपत्र सरकारी जागिर, वैदेशिक अध्ययन तथा निजी क्षेत्रमा रोजगारीका लागि प्रयोग हुने गरेको प्रहरीको भनाइ छ ।

यसअघि नेपाल प्रहरीले काठमाडौंमा सञ्चालन भइरहेको नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरी ठूलो परिमाणमा नक्कली शैक्षिक कागजात, छाप तथा अन्य सामग्री बरामद गरेको थियो । अनुसन्धानका क्रममा गिरोहले प्रत्येक प्रमाणपत्रका लागि दशौं हजार रुपैयाँसम्म असुल्ने गरेको खुलेको थियो । हालै पनि सात जना व्यक्तिलाई एमबीबीएस अध्ययन तथा रोजगारीका लागि प्रयोग गरिएको भनिएका नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार सम्बन्धित निकायबाट प्रमाणपत्रको सत्यता परीक्षण गरेपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।

विशेषज्ञहरूले नक्कली प्रमाणपत्रको प्रयोगले शिक्षा प्रणालीप्रतिको विश्वास कमजोर बनाउनुका साथै योग्य विद्यार्थी र कर्मचारीको अवसरसमेत खोस्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार शैक्षिक संस्थाहरूले डिजिटल प्रमाणीकरण प्रणाली बलियो बनाउनुपर्ने र रोजगारदाता निकायले प्रमाणपत्रको अनिवार्य सत्यापन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जाल, टेलिग्राम, ह्वाट्सएप वा अन्य माध्यमबाट “छिट्टै प्रमाणपत्र बनाइदिने” प्रलोभनमा नपर्न आग्रह गरेको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई किर्ते, ठगी तथा साइबरसम्बन्धी कानुनअन्तर्गत कारबाही हुन सक्ने जनाइएको छ ।

<

p style=”text-align: justify;”>नक्कली कागजात बनाउनेमा मधेश प्रदेशका युवा धेरै सक्रिय रहेको जानकारी पाप्त भएको छ थप सामाचार सुन …………

Leave a Comment