सम्पूर्ण मुस्लिम साथीहरूलाई आ आफ्नो घरमै नवाज पढन आग्रह : कसमोदीन अंसारी (आम आदमी पार्टी नेपालको केन्द्र सदस्य)

Loading

Bara : आम आदमी पार्टी नेपालको केन्द्र सदस्य (बारा) कसमोदीन अंसारी ज्यूद्वारा सम्पूर्ण मुस्लिम समुदायहरूलाई रमजानको बधाई दिदै देश कोरोना वाइरसबाट लडिरहेको बेला सम्पूर्ण मुस्लिम साथीहरूलाई आ आफ्नो घरमा बसी नवाज पढन आग्रह गर्नुभयो । यस्तो अवस्थामा महजिज नगईकन आफुलाई समाजिक दुरी राखी यस पर्वलाई मनाउनु पर्छ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शनिबारदेखि सुरु भएको छ । एक महिनासम्म मनाइने रमजानमा दिनभर निराहार ब्रत अर्थात् रोजा (उपवास) बसेर नमाज पढ्ने गरिन्छ। रमजानमा दिनभर अन्न र पानीसमेत नखाई उपवास बस्ने र ब्रह्मचार्यमा रहनुपर्ने परम्परा छ। यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नखाई ब्रत बस्ने प्रचलन छ । रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु पनि हो। रमजानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा समर्पण० गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरस ९कोभिड– १९० को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीले घरमै बसेर नमाज पढ्न अन्सारीले आग्रह गर्नु भएको छ । कोरोन भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सबैलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छौँ,’ उनले भने, ‘लकडाउनको पूर्ण पालना नै यतिवेलाको मुख्य कार्यभार हो भनेर संदेश समेत दिनु भयो ।

Leave a Comment