![]()
Birgunj : भरत पाण्डे केन्द्रीय प्रवक्ता (आम आदमी पार्टी-नेपाल) लकडाउन सम्बन्धि नियममा केन्द्र सरकार र प्रदेश सरकारको लापरवाहीले बीरगंजमा फेरी नयाँ दुईजनालाई कोरोना वाइरसको पुष्टि दुबैजना बीरगंजको छपकैयाको मुस्लिम समुदायबाट हो। दुखद कुरा के हो भने बीरगंजमा कुनै किसिमको कोरोना परिक्षण गर्ने उपकरणको व्यवस्था केन्द्र सरकार वा प्रदेश सरकारले गर्न सकेको छैन। लकडाउन भएको पनी ३५ दिन भयो तर कोरोना संग लडन सरकारले नकुनै उपकरण ल्याउन सक्यो न उपचारमा कुनै स्थिर व्यवस्थापन गर्न सक्यो बीरगंज भारतको वोर्डरमा पर्ने भएकोले त्यहाँ कोरोना वाइरसको परिक्षण गर्ने उपकरणको अत्यन्त जरुरी देखिन्छ तर सरकारलाई त्यसको चिन्ता भन्दा पनि भद्रगोलको राजनितिमा मात्र रमाएको देखियो जनता कोरोनाबाट आफै विरामी हुने आफै निको हुने जस्ता गतिविधि चलिरहेका देखिन्छ ।
लकडाउन पनि पार्दर्सी नभएको देखिन्छ यातायातको साधन चलेकै छ । मान्छे ओहोर दोहोर गरेकै छ । त्थहा पनि सरकार निरिह भएको देखिन्छ । हाम्रो प्रधानमन्त्री ज्यू यस्तो बेला पनि मात्र आफ्नो सता बचाउँनलागि फोहरी राजनीति गर्ने धन्दामा मात्र व्यस्त देखिन्छ । के प्रधानमन्त्रीले कोरोना माहामारीको बेला गरेको राजनिति खेल के देश र जनताको लागि अहिलेको स्थितीमा गरिने कार्य यै हो । अहिलेको आवश्यक्ता देश र जनताका लागि के हो भन्ने ज्ञान समेत प्रधानमन्त्रीलाई छैन सरकारद्वारा लकडाउनको नियम स्वयम् सरकारले नै उलंघन गरेको प्रष्ट देखिन्छ । सरकारले लगाएको लकडाउन सही तरिकाले सरकारबाटै पालन नहुँदा आज नेपालमा कोरोना रोगी ५० नाघेको प्रष्ट भएको छ । सरकारले यस्तो बेला राजनिति भन्दा पनि जनताको भलो हुने खालको कार्य योजना ल्याउनु पर्ने देखिन्छ । देशमा अहिले जनता भोकमरीको चपेटामा परि सकेको छ तर सरकार आफनै कार्यमा व्यस्त हुँदा जनता प्रतिको जिम्मेवारीबाट सरकार भाग्न खोजेकोछ । जनताको सरकार भन्दा पनि व्यक्तिगत स्वार्थका लागिमात्र यो सरकार परिचालन भएको देखिन्छ ।