हेल्प मधेशी परीवारद्वारा सिरहा ,धनुषा र मोहत्तरीका बिपन ८२ परिवारलाई राहत वितरण

Loading

Peoples News : कोरोनाको कहरले नेपाल अहिले जिवन र मृत्यु भन्दा पनि भोकमरीको कारण झन त्रसित छन् तर नेपाल सरकारको नेपाली जनता प्रति कुनै दायित्व नदेखिएको प्रष्ट देख्न सकिन्छ । नेपाल सरकारबाट जनतालाई राहत वितरण गरे पनि कुहिएको र मिति गुज्रिएको खाद्यान्न वितरणले जनता सरकार प्रति झन आक्रोसित भएको देखिन्छ ।

सरकारको यही गैर जिम्मेवार व्यवहारले विभिन्न गैर सरकारी संस्थाहरुद्वारा राहत वितरणको कार्यक्रम अगाडी बढाएको मध्ये हेल्प मधेशी संस्था यस कार्यमा सबधन्दा अगाडी रही श्रमजिवी र विपन्न परिवारहरुको लागि राहत वितरण गर्दै आएको छ जस अनुसार चौथो चरणको राहत वितरण कार्य गरिएको जानकारी हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवजिले बताउनु भयो । जस अनुसार हेल्प मधेशी परीवारद्वारा सिरहा ,धनुषा र मोहत्तरीका अति बिपन र श्रमजीवी ४२ जना परीवारहरुलाई राहत वितरण आज मिति २०७७ साल बैशाख १३ गते सनिवारका दिन हेल्प मधेशी संस्थाद्वारा ४२ जना अति बिपन र श्रमजीवी परीवारहरु लाई राहत वितरण गरिएको छ । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका करीब करीब २ सय भन्दा बढी देशहरू लकडाउनमा परेका बेला श्रमजीवी मजदुरहरु यसबाट अति नै प्रभावित भएका छन र खाद्यान्न सामाग्रीहरुको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएका बेला हाम्रो संस्था हेल्प मधेशीद्वारा सिरहा जिल्लाका अर्नमा गा.पा.वडा नं.३ बङठिया टोलका ३६ जना र सिरहा जिल्लाकै भगवानपुर गा.पा. कोरियन टोलका २ जना अति बिपन परीवारहरुलाई राहत वितरण गरिएको छ । हेल्प मधेशी कतार च्याप्टरका केन्द्रिय अध्यक्ष राम कल्याण महतो उपाध्यक्ष शिव कुमार महतो र कोषाध्यक्ष राम कुमार यादवको संयोजनमा सिरहा जिल्लाको अर्नमा गा.पा.वडा नं.३ बङठियाका ३७ जना अति बिपन र श्रमजीवी परीवारहरुलाई राहत स्वरुप निम्न प्रकारका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ । प्रत्येक परीवार १५/१५ कि.ग्रा. चावल २/२ कि.ग्रा. दाल १/१ कि.ग्रा. नुन ०.५ लि।खाने तेल ०.५ कि.ग्रा. स्वाबिन र १/१ वटा नुहाउने साबुन हस्तान्तरण गरिएको थियो । त्यस्तै सिरहा जिल्लाकै भगवानपुर गा.पा.कोरियन टोलका २ जना अति बिपन्न र श्रमजीवी परीवारहरुलाई हेल्प मधेशी नेपालकि सेविका रिता देवि महतो ज्युको संयोजनमा राहत स्वरुप निम्न प्रकारका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । प्रत्येक परीवार १५/१५ कि.ग्रा. चावल ५/५ कि.ग्रा. दाल र ५/५ कि.ग्रा. आलु हस्तान्तरण गरिएको थियो । त्यस्तै हेल्प मधेशी धनुषा जिल्लाको जिल्ला अध्यक्ष सत्रुधन साहको संयोजनमा धनुषा जिल्लाको जनकपुर उ.न.पा. वडा नं. ४ मा डेरा गरि बस्ने ३ जना अति बिपन र श्रमजीवी परीवारहरु लाई राहत स्वरुप यस प्रकारका खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ । प्रत्येक परीवार १०/१० कि.ग्रा. चावल १/१ कि.ग्रा. दाल १.५/१.५ कि.ग्रा. आलु १/१ कि.ग्रा. प्याज र ०.५ /०.५ लि. खाने तेल हस्तान्तरण गरिएको थियो । त्यस्तै मोहत्तरी जिल्लाको वलवा न.पा. वडा नं. ६ अमरपुर टोलकी एकल महिलालाई हेल्प मधेशी मलेसिया बातुपहाडका उपाध्यक्ष रमेश यादवको संयोजनमा राहत स्वरुप निम्न प्रकारका राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ । चावल ५० कि.ग्रा. दाल ४ कि.ग्रा. खाने तेल ५ लि. प्याज ५ कि.ग्रा. आलु १५ कि.ग्रा. चिनी १ कि.ग्रा. नुन १ कि.ग्रा. स्वाबिन १ प्याकेट नुहाउने साबुन ५ वटा लुगा धुने साबुन १२ वटा नारीवल तेल २५० ग्रा. र ५ वटा मस्क हस्तान्तरण गरिएको छ । 

Leave a Comment