कोरोना भाइरस लकडाउन अवधिमा सरकार राहत र परीक्षणमा असफल

Loading

peoples News : सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेलेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । लकडाउनले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको भए पनि यो अति आवश्यक भएको उनीहरूको तर्क छ । चैत ११ गतेदेखि लगाइएको लकडाउन १० दिनका लागि थप्ने मन्त्रिपरिषद्को आइतवारको बैठकले निर्णय गरेको छ। यो नेपालमा लकडाउन थपिएको चौथो पटक हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, “लकडाउनले सङ्क्रमणलाई विस्तार हुन दिएन। ट्रेसिङ गर्न, परीक्षण गर्न अनि अस्पतालहरूमा उपचारका लागि प्रबन्ध मिलाउन सहज भएको छ । अहिलेसम्म भएको लकडाउनको अवधिमा के भयो? कहाँ के प्रगति भए ?सरकारी राहत : लकडाउन घोषणापछि सबैभन्दा बढी प्रश्न उठेको विषय राहत हो । सरकारले चैत १६ गते पहिलो पटक लकडाउन थप गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका लागि राहतको कार्यक्रम घोषणा गरेको थियो । हालसम्म नौ लाख १३ हजार घरपरिवारलाई राहत वितरण गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । हालसम्म ३६३ वटा स्थानीय तहले राहत वितरण गरेका विवरण आएका छन् । राहतअन्तर्गत चामल, दाल, तेल, नुन र तरकारीको वितरण पर्छ । केही स्थानीय तहले स्थानीय उत्पादनहरू मकै, कोदो र फापर वितरण गरेको मन्त्रालयको स्थानीय तहमा राहत वितरणको संयोजन गरेका उपसचिव ऋषिराज उपाध्यायले बताए।

Leave a Comment