कोरोना भाइरसः विश्वभरि सङ्क्रमित २८ लाख मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

Loading

peoples News : विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो । अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ ।

निश्चितप्रायः चिनियाँ सरकारकी सञ्चारमाध्यमका अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो । त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन् । पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन् । संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन् । ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ । bbc

Leave a Comment