लकडाउनको छायामा रमजान मनाउँदै इस्लाम धर्मावलम्बी

Loading

peoples News : संसारभरिका करोडौँ इस्लाम धर्मावलम्बीले यो वर्ष नयाँ तरिकाले रमजान मनाउन थालेका छन् । कोरोनाभाइरसका कारण जारी लकडाउनका कारण धेरै मस्जिदहरू बन्द छन् र भेला हुन प्रतिबन्ध लगाइएको छ । रमजानको एक महिना इस्लाम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्त नभएसम्म खानेकुरा, पेय, धूमपान र शारीरिक सम्बन्धदेखि आफूलाई टाढा राख्छन् । बेलुकी परिवार एवम् साथीभाइहरू भेला हुने र सँगै व्रत तोडेर प्रार्थना गर्ने चलन रहे पनि यो वर्ष मानिसहरूले एक्लै घरमा मनाउनुपर्ने अवस्था छ।

Leave a Comment