![]()
peoples News : लमजुङका आठ स्थानीय तहमा मंगलबारसम्ममा झण्डै एक हजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । तर जिल्लाभरगरी जम्मा ७७ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा बनेकाे नौ सय ३९ बेडको क्वारेन्टाइन मध्ये सबैभन्दा बढी क्व्होलासोंथर गाउँपालिकामा चार सय ४४ बेडको छ । यहाँ २९ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए ।
बेंसीसहर नगरपालिकामा एक सय ६० बेडको क्वारेन्टाइन बनाइएको छ । जसमा १६ जना क्वारेन्टाइनमा बसेका छन् । मध्यनेपाल नगरपालिकामा ४३ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएकोमा ७ जना क्वारेन्टाइनमा छन् । मस्र्याङ्दी गाउँपालिकामा ६९ वेड क्षमताको क्वोन्टाइन निर्माण गरिएकोमा २० जना क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै दोर्दी गाउँपालिकामा १० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएकोमा ५ जना क्वारेन्टाइनमा छन् । जिल्लाको राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र दुधपोखरी गाउँपालिकामा क्वारेन्टाइन तयार भए पनि अहिलेसम्म क्वारेन्टाइनमा कोही बसेका छैनन् ।
क्वारेन्टाइनमा बसेकाहरुको यकिन विवरण स्थानीय तहले जिल्ला प्रशासनमा नपठाएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलककुमार शाहीले बताए । क्वारेन्टाइनमा बसेकाहरुको भने स्वास्थ्यकर्मीबाट निगरानी गरिएको छ । जिल्लाभर विदेशबाट दुई सय ८० जना भित्रिएको तथ्यांक छ । त्यसमध्ये ७७ जना मात्र क्वारेन्टाइनमा रअरु आफ्नै घरमा बसेका छन् । nayaptrika