![]()
www.pnews.com.np विरगंज : आम आदमी पार्टी नेपालको केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डेय ज्यूले जानकारी दिए अनुसार काठमाण्डौबाट बीरगंज घर फर्किने मजदूरहरूलाई त्यहाका प्रहरीद्वारा बलजपफ्ती अपहरणको तरिकाले गाडीमा राखी ठाकुरराम क्यामपसको एउटा कोठामा सयौको संख्यामा थुनेर राखिएको छ ।
सरकारको नियमानुसार ३ फीटको दुरीमा चौद दिन क्यारेन्टाइनमा राख्नु पर्ने हो र उक्त समय भित्र सबै सेवासुविधा सरकार दिने तर यहाँ एकै कोठामा सैयौको संख्यामा राखेर प्रहरी र सरकारले कुन नियमकानुन मानेका हुन र ? के कोरोना लाग्दैन भनेर सरकार ढुक्क छन् त ? यसरी कोचाकोच र भोकभोकै राखेको अवस्थामा रहेका ब्यक्तिहरुलाई के हुने हो ? कहाँ छ मानव अधिकारकर्मी यहाँ त मानव अधिकारको सरासर दुरूपयोग भईरहेको छ ।
बीरगंजको धेरै यस्ता व्यवसायकर्मीहरूले निशुल्कमा होटेलहरू उपल्बध गराउने भनेका छन अनि किन प्रहरी र सरकारको यस्तो व्यवहार । नेपाल सरकार, प्रदेश सरकारको दायित्व हो जनताहरूलाई कुनै किसिमको दुःख कष्ट नहोस यस्तो बेला सरकारले जनतालाई राहत दिनुको सटा उल्टै सजाय दिएको देखियो । कोरोना भाइरस भन्दा जनता डर, भय त्रास र भोकले पहिलै मर्ने भयो। हो जनताले पनि लकडाउनको पालना गर्नु पर्छ र प्रहरी प्रशासनले पनि अत्याचार हैन व्यहार आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नु पर्छ त्यसकारण नेपाल सरकार संग आम आदमी पार्टी नेपालको तर्फबाट बिन्रम अनुरोध छ बीरगंजमा जुन जनतालाई असुविधा भईरहेछ त्यसलाई तत्काल उचीत स्थानमा लगी सहयोग गरून विरगंजका प्रहरीद्वारा गरिएको यस व्यवहार प्रति पिपूल्स अनलाईन न्यूजले घोर आपत्ती जनाएको छ ।