कोरोनाको नाममा करौडो अनुदान रकम दुरूपयोग : अशोक कुमार यादव (आम आदमी पार्टी)

Loading

peoples News : आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको बिचारमा विश्व नै कोरोना भाइरसको कहरले रोईरहेको अवस्था छ । लाखौंको संख्यामा यस महामारीको चपेटामा मानवहरू परि सकेका छन र हजारोंको संख्यामा मृत्युको मुखमा परिसकेको छ। तर नेपाल सरकार लकडाउनको मतलब बुझीरहेको छ र यसलाई ईमानदारीताका साथ नेपाली जनताहरूले पनि आत्मसाथ गरेकोछ । दुखको कूरा के हो भने लकडाउनमा सरकारले आम जनतालाई पर्ने बसरबारे बुझ्न सकेन । कोरनाको नाममा करौडो अरबों रकम असुली गर्ने र दुरूपयोग गर्ने अवस्था प्रवल देखीन्छ । यसलाई व्यवथापन गर्न हाथ मुख जोडनेको घरमा सरकारले उक्त अनुदान पुरयाओस । लकडाउनको समय अवधि बढन सक्ने निश्चित भएकोले दैनिक ज्वाला गर्ने श्रमिक र बिपन्न परिवारहरूलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारले राहतको घोषणा गर्नु पर्छ । साथै देशममा भईरहेको कालाबाजारी तरून्त रोक्न लगाउनु पर्छ । नेपाल सरकारको सम्पूर्ण निकायका कर्मचारी देखि प्रधानमंत्री, राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री , संसदहरूको तलबबाट 40% कटागरी कोरोना नियंत्रण कोषमा जम्मा गर्नु पर्नेमा जोड छ ।

Leave a Comment