सिराहाका समाजसेवी युवाद्वारा लाहान –३ दलित बस्तिमा खाद्यान्न साम्रगी वितरण

Loading

Ram Babu Singh Siraha : सेवामा समर्पित युवाहरु राम बाबु सिंह (Amnesty international Nepal & Orchid Medical Foundation),      मो. नइम खान (Amnesty international Nepal & Hamaro medico), श्रवण कुमार महतो (महेश किराना एण्ड कोल्ड स्टोर), सुसिल कुमार झा (राजदेवी ट्रेडर्स एण्ड सप्लायर्स), सन्तोष झा (सर्जिकल हाउस एण्ड ट्रेडर्स) र देबेन्द्र कुमार यादवद्वारा एक विपन्न बस्तिमा निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण असहाय, अपांगता भएका तथा दैनिक ज्यालादारी गर्नेहरू समस्यामा परेको भन्दै यि युवाहरुले निःशुल्क खाद्य सामग्री वितरण गरेको हो ।

समावसेवी युवाहरुको सहकार्यमा सिराहा जिल्लाका लाहान–३ को दलित बस्ति मुूहर टोलमा ७० घरलाई  खाद्य सामग्री वितरण गरेको छ । दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत हुने गरि वितरण गरिएको छ । युवाहरुको यस प्रयासले विभिन्नखाले अपराध रोकथाम र नियन्त्रणसँगै मानवीय सेवाका कामलाई पनि निरन्तरता दिइको युवा समुहका राम बाबु सिंहले बताए ।

लकडाउनमा रोजगारीका अवसर नहुने भएकाले गुजारा चलाउन नसक्ने परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने न्यूनतम ५ किलो चामल, ५०० ग्राम दाल, १ किलो आलु, १ किलो नुन, २०० ग्राम खाने तेल, १ प्याकेट बेसार राहत स्वरुप वितरण गरिएको छ ।

सक्रिय युवाले आगामी दिनमा पनि विभिन्न सरोकार समूह, सरकार संग सहकार्य गरि आवश्यक खाद्यान्न वितरण गर्ने भनी निर्णयगरिएको जानकारी गराइएको छ ।

Leave a Comment