![]()
People’s News kathmandu : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने पनि बताएका छन् । धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब सबैका अलग–अलग सटर बन्द गर्नुपर्ने बताएका छन् । पुराना दलको पछि नलाग्न आग्रह गर्दै लामिछानेले भने, ‘सटर बन्द हुन्छ । कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस् । उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा भाग लिन आउन समेत आग्रह गरे । यस पटक जनता जिताउने हो । हामी इतिहास बदल्ने सोचले आएका छौं । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ, यस पटक मत नबाढ्नु होला । यो ऐतिहासिक अवसर हो ।
उनले आफू स–साना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको जिकिर गरेका छन् । म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु,’ लामिछानेले भने, ‘सिंहदरबार जलायो भनेर भन्दै छन् । सिंहदरबार बनाउने हो । सिंहदरबार बनाउने भन्दा पनि बदल्ने हो । बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधि फाल्ने ? पूरै फाल्ने कि आधा फाल्ने ? लामिछानेले भने, ‘प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी । मतपत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ’, उनले भने । उनले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर रास्वपा जनतामाझ गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे । उनले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताए ।
बाचा जसले गरेको हो सजाय उसैले पाउने हो । जनताले होइन । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना । मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनु होला देश बदल्नु पर्छ । यस पटक जनताले जित्नुपर्छ सँधै नेता मात्रै जितिरहेका छन्,’ उनले भने, ‘देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं ।