देश इतिहासकै दर्दनाक अवस्थामा आइपुगे : पूर्वराजा शाह

Loading

पूर्वराजा शाहले देश अहिले इतिहासकै दर्दनाक अवस्थामा आइपुगेको दाबी गरेका हुन् ।

People’s News काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देश अहिले इतिहासकै दर्दनाक अवस्थामा आइपुगेको दाबी गरेका हुन् । उनले मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने बताए ।  देशको अस्मितानै संकटमा परेको अवस्थामा रहेको भन्दै उनले सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्म समीक्षा गर्नुपर्ने समय अहिले आएको बताए । 

शाहले भनेका छन्,‘ हाम्रो शत्रु विपन्नता र अस्थिरता हो । तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवान्छित संस्कृतिलाई हामीले बढवा दिऔं । जसका कारण देश अहिले इतिहासकै दर्दनाक अवस्थामा आइपरेको छ । कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर द्वन्द्व र घृणालाई हटाउनपर्ने उनको भनाई छ । प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यता अनुरुप चल्नु अनिवार्य हो । शाहले भने, ‘प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भएता पनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेट्ने जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समातिन्ने थियो । 

<

p style=”text-align: center;”>पूर्वराजा शाहले अधिकारमात्र खोज्ने र कर्तव्य नसोच्ने प्रवृति मौलाइरहेको  बताए । 

Leave a Comment