![]()
People’s News : ५० सदस्यीय मन्त्रिपरिषद्को घोषणा सहित ७० बर्षिय बृद्धले देशको अर्थतन्त्र सुधारर्ने बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो पहिलो मन्त्रिपरिषद्को घोषणा गरेका छन् । राष्ट्रिय चुनावमा भारी मतले विजय हासिल गरेपछि मंगलबार पद तथा गोपनीयताको शपथ लिएका रहमानले ५० सदस्यीय मन्त्रिपरिषद्को घोषणा गरेका हुन् । राजपत्रमार्फत जारी गरेको सुचनामा ७६ वर्षीय अमिर खसरु महमुद चौधरीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पूर्व वाणिज्य मन्त्री तथा अनुभवी सांसद रहेका चौधरी व्यापारी पृष्ठभूमिका व्यक्ति हुन् । महिनौँको राजनीतिक अस्थिरता र आर्थिक दबाबपछि कमजोर बनेको बंगलादेशको अर्थतन्त्रलाई पुनःस्थापित गर्ने महत्वपूर्ण जिम्मेवारी अब चौधरीको काँधमा आएको छ । विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता राष्ट्रका रूपमा चिनिएको बंगलादेशमा लगानीकर्ताहरूको विश्वास घट्दै गएको पृष्ठभूमिमा उनको नियुक्तिलाई अर्थतन्त्र स्थिर पार्ने प्रयासका रूपमा हेरिएको छ ।
चौधरी यसअघि पनि सरकारमा रहिसकेका छन् । उनले पूर्व प्रधानमन्त्री खालिदा जियाको मन्त्रिपरिषद्मा सेवा गरेका थिए । पछिल्ला वर्षहरूमा उनी राजनीतिक उतारचढावका बीच चर्चामा रहेका थिए । नयाँ सरकारले २०२४ को विद्रोहपछि बनेको अन्तरिम प्रशासनलाई प्रतिस्थापन गर्दै आर्थिक सुधार, राजस्व वृद्धि, मुद्रास्फीति नियन्त्रण र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य अघि सारेको छ । अर्थमन्त्री चौधरीका आगामी नीतिहरूले देशको आर्थिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
सो विषयमा उनले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । शेख हसिनाको १५ वर्षे शासनकालमा उनलाई विभिन्न आरोपमा पटक–पटक पक्राउ गरिएको थियो र त्यस समयमा विपक्षी नेतामाथि राजनीतिक उद्देश्यले मुद्दा लगाइने गरेको आरोप लाग्दै आएको थियो । प्रधानमन्त्री रहमानले रक्षा मन्त्रालय भने आफैँ सम्हालेका छन् । वर्षौंदेखि राजनीतिक प्रतिस्पर्धाले ध्रुविकृत समाजलाई एकताबद्ध गर्ने, सुरक्षा व्यवस्थामा सुधार ल्याउने र सीमापार चुनौती सामना गर्ने दायित्व उनीसामु छ । विदेश मन्त्रालयको जिम्मेवारी अनुभवी कूटनीतिज्ञ खलीलुर रहमानलाई दिइएको छ । संयुक्त राष्ट्रसङ्घका पूर्व अधिकारी रहेका उनले ढाका र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयबाट अध्ययन गरेका छन् ।
उनले कार्यवाहक सरकारको समयमा सुरक्षा विभाग सम्हालेका थिए र संयुक्त राज्य अमेरिकासँग व्यापार वार्तामा सहकार्य गरेका थिए । र वाशिंगटनसँग व्यापार छलफलमा भूमिका खेलेका थिए । प्रधानमन्त्री रहमानले यस हप्ताको अन्त्यमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बोलाउने अपेक्षा गरिएको छ । उनको प्रशासनले देशको दबाबपूर्ण आर्थिक र भूराजनीतिक प्राथमिकताहरूलाई सम्बोधन गर्ने छ ।