टी-२० विश्वकप : श्रीलंका र जिम्बाब्वे

Loading

People’s News : टी-२० विश्वकपको ३६ औं खेल आज श्रीलंका र जिम्बाब्वे बीच हुँदैछ । खेल कोलम्बोको प्रेमादासा रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ । खेल अगाडि श्रीलंकाली टोलीलाई ठूलो धक्का लागेको छ । फास्ट बलर मथिशा पाथिराना टी-२० विश्वकपबाट बाहिरिएका छन् । अस्ट्रेलिया विरुद्धको खेलमा पाथिरानालाई ह्यामस्ट्रिङमा चोट लागेको थियो र उनी आफ्नो पहिलो ओभर पूरा गर्न असमर्थ थिए । उनको स्थानमा दिलशान मदुशंकालाई टोलीमा राखिएको छ ।

श्रीलंकाले टी-२० विश्वकपमा तीन खेल जितेको छ, जसमा आयरल्याण्ड, ओमान र अष्ट्रेलियालाई पराजित गरेको छ । अर्कोतर्फ, जिम्बावेले ओमान र अष्ट्रेलिया विरुद्ध दुई खेल जितेको छ । आयरल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । श्रीलंकाले छ अंक र जिम्बावेले पाँच अंक जोडेर समूह बी मा सुपर ८ मा स्थान बनाएका छन् ।

Leave a Comment