मतपेटीका चोरी वा धान्धली हुन् सक्ने असंका : केपी ओली

Loading

पिपुल्स न्युज : काठमाडौँ // नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने तयारी गरेर धाँधली गर्न खोजिरहेको आशंका व्यक्त गरेका छन्। बुधबार साँझ काठमाडौंमा आयोजित झापाली समुदायसँगको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै ओलीले हिमाली भेगमा निर्वाचन हुन नसक्ने बहानामा दुई चरणको चर्चा चलाइएको भन्दै त्यसप्रति गम्भीर प्रश्न उठाए।

ओलीले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता अनिवार्य रहेको बताउँदै मतपेटिका एक सेकेन्डका लागि पनि पार्टी प्रतिनिधि वा उम्मेदवारको आँखाबाट ओझेल पर्न नहुने स्पष्ट पारे। उनका अनुसार मतदान सकिनासाथ मतपेटिका तत्कालै पार्टी प्रतिनिधिहरूको रोहबरमा मतगणना स्थलमा पुर्‍याई त्यहीँ खोलेर गन्नुपर्छ। “मतपेटिका राखेर छोड, हामीमाथि विश्वास गर भन्ने चल्दैन,” भन्दै उनले बल प्रयोग गरेर विश्वास गराउने सोच स्वीकार्य नहुने चेतावनी दिए।

हिमाली क्षेत्रमा हिउँ पर्ने कुरा पहिलेदेखि नै थाहा हुँदाहुँदै अहिले आएर मात्रै निर्वाचन हुन नसक्ने भनिनु शंकास्पद रहेको ओलीको भनाइ थियो। उनले एकै दिन निर्वाचन गर्न नसकिने अवस्था भए मिति सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सोझै निर्वाचन सम्पन्न गरेर तुरुन्त मतगणना गरिनुपर्छ, धाँधली गरेर निर्वाचनको नाटक चल्न नदिने एमालेको स्पष्ट अडान छ।

राज्यले कसैलाई जिताउने र कसैलाई हराउने नियत राखे त्यसले देशमा ठूलो अनिष्ट निम्त्याउने ओलीले चेतावनी दिए। उनले यो कुरा रोदनका रूपमा नलिन आग्रह गर्दै यदि निष्पक्षता कायम भएन भने प्रतिवाद हुने स्पष्ट पारे। ओलीका अनुसार एमाले चुनाव खेल्न बनेको पार्टी होइन, देश बनाउने जिम्मेवारी लिएको राजनीतिक शक्ति हो।

<

p style=”text-align: justify;”>सरकारको निष्पक्षताको ग्यारेन्टी अनिवार्य रहेको उल्लेख गर्दै ओलीले पेलपाल र धाँधली सह्य नहुने बताए। राज्य संयन्त्रले बल प्रयोग गरेर चुनावी प्रक्रिया अघि बढाउने सोच राखे त्यसले गम्भीर संकट निम्त्याउन सक्ने भन्दै उनले सरकार र निर्वाचन आयोगलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।

Leave a Comment