फरार अभियुक्तहरु पक्राउ

Loading

Peoples News : काठमाडौं, १४ पुस । एकै दिन नौजना फरार अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न मुद्धामा फरार रहेका नौजनालाई पक्राउ गरेको हो । प्रहरीले बिभिन्न मुद्धामा फरार रहेका आठ र जेनजी आन्दोलनकाक्रममा तनहुँ कारागारबाट फरार भएका एकजनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विककाअनुसार पक्राउपर्नेहरुमा ऋषिङ–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्धा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्धा), भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विके र अन्जु नेपाली (अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकार मुद्धा), घिरिङ–२ का तिलबहादुर श्रेष्ठ (चेक अनादर मुद्धा) तथा व्यास नगरपालिका–३ का ३४ वर्षीय जोशनाबानु राना (बैंकिङ कसुर मुद्धा) रहेका छन् ।

सबैजनालाई हिजै अदालत उपस्थिति गराइएकामा तोकिएको जरिवाना तिरेर छुटेको उहाँले बताउनुभएको छ । त्यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँ तोडफोडगरी फरार भएका कैदीमध्ये शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगानाभई हाल भिमाद–९ मा बस्दैआएका प्रकाश विकेलाई पनि पक्राउगरी कारागार चलान गरिएको थाहा भएको छ ।

Leave a Comment