वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीगर्ने पक्राउ

Loading

Peoples News : काठमाडौं, १४ पुस । न्युजिल्यान्ड पठाइदिने भन्दै ठगीगर्ने एकजना पक्राउ परेका छन् । प्राप्त समाचार अनुसार प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिनेभन्दै १० लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउगरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घरभई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–११ बस्ने विशाल कटुवाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभएको छ ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजानेभन्दै ठगीगरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि हिजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिनुभएको छ ।

Leave a Comment