६६ दिनमात्र बाँकी

Loading

Peoples News : काठमाडौं, १४ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्चगर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्चगर्न पाउनेगरी खर्चको सीमा निर्धारण गरेको छ ।

त्यसैगरी ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एकलाख, अन्य प्रचारप्रसार, छापा एवं बिद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्चगर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा ३० हजार खर्चगर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । उम्मेद्वारले खर्चगर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्चगर्न र यसरी खर्चगर्दा निजकातर्फबाट खर्चगर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिकगरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–०७५ अनुसार आयोगमा पेश गर्नुपर्नेछ । 

Leave a Comment