निर्वाचन आयोगमा भिड

Loading

Peoples News : काठमाडौं, पुस । आज समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेशगर्ने अन्तिम दिन भएकाले निर्वाचन आयोगमा भिड लाग्ने आंकलन गरिएको छ । निर्वाचन आयोगले बन्द सूची पेशगर्ने म्याद नथप्ने हिजै स्पष्ट गरेको छ । प्रतिनिधिसभा निर्वाचन ०८२ अन्तर्गत राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेशगर्न हिजैबाट शुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज सोमबारसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेशगर्ने कार्यक्रम तोकिएकोमा केही राजनीतिक दलले हिजै सूची पेशगरेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार हिजो दिउँसोसम्म तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेश गरिसकेका थिए ।

ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरागरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेशगरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले हिजो दिउँसोसम्म बन्द सूची पेशगरेका प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ । उहाँले राजनीतिक दलले हिजो पुस १३ र आज १४ गतेसम्म पेशगरेका समानुपातिकतर्फको बन्द सूचीबारे भोली पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताउनुभएको छ । त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ चारगते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशनगर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ ।

<

p style=”text-align: justify;”>यसअघि १०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र आज सोमबारसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेशगर्न पाउने छन् ।

Leave a Comment