![]()
People’s News : काठमाडौं : ‘शक्तिशाली र घातक हमला’सुरु गरेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले ‘शक्तिशाली र घातक हमला’सुरु गरेको दाबी गरेका छन् । आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले आईएसलाई ‘आतंकवादी फोहोर’को संज्ञा दिँदै उक्त समूहले ‘मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गरी क्रूर रूपमा हत्या गर्दै आएको’आरोप लगाएका छन् । उनका अनुसार अमेरिकी सेनाले आईएसविरुद्ध ‘धेरै सटीक आक्रमणहरू’ गरेको छ । तर आक्रमण कुन स्थानमा र कहिले गरिएको हो भन्ने विषयमा भने उनले कुनै स्पष्ट विवरण दिएका छैनन् ।

<
p style=”text-align: justify;”>यसअघि नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामिक लडाकू समूहविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन आदेश दिएका थिए । बिहीबार अबेर सार्वजनिक अर्को पोस्टमा उनले भनेका छन्,’मेरो नेतृत्वमा, हाम्रो देशले कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन दिने छैन । तर, ट्रम्पले नोभेम्बरमा दिएको चेतावनी कुन विशेष घटनासँग सम्बन्धित थियो भन्ने विषयमा भने खुलाएका छैनन् । पछिल्ला महिनाहरूमा नाइजेरियामा इसाइहरूविरुद्ध नरसंहार भइरहेको दाबी अमेरिकाका केही दक्षिणपन्थी समूहहरूमा व्यापक रूपमा फैलिएको छ ।यद्यपि,हिंसा निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नाइजेरियामा मुस्लिमहरू भन्दा इसाइहरू बढी मारिएको भन्ने दाबी पुष्टि हुने कुनै प्रमाण नभएको बताएका छन् । नाइजेरियाको जनसंख्या मुस्लिम र इसाइ समुदायबीच लगभग समानरूपमा विभाजित छ ।