![]()
People’s News : युग एआई (यान्त्रिक अक्कल) मय बनिसकेको छ । मानिसको भन्दा कृत्रिम बौद्धिकता पनि भनिने एआईको सहायताले जुनसुकै क्षेत्रमा पनि विश्व प्रगतिपथमा छ । नेपालले भने सूचना प्रविधिकै उच्चतम् प्रयोग गर्न सकेको छैन । खासगरी सरकारी कामकाजमा एआई त परै सूचना प्रविधिलाई समेत आत्मसात् गर्न सकस छ । बाध्यताले या समयले घिच्याएर सरकारी कार्यालयहरूलाई डिजिटल दुनियाँमा त प्रवेश गराइएको छ । तर जनताले भने झैं सास्ती बेहोरेका छन् । जुनजुन कार्यालयहरूमा अनलाइन सेवा भनिएको छ, त्यहाँ त्यहाँ जहिल्यै सेवाग्राहीले सुन्नुपर्ने बोली हुन्छ, सर्भरले काम गरेन । अनि जनताको कामै हुँदैन । सर्भर डाउन छ भन्दै कर्मचारीले सेवाग्राहीसँग घूस माग्ने बहाना पाइरहेका हुन्छन् । प्रविधिले सजिलो होलाभन्दा उल्टै सास्ती र सकस दिएको छ ।

<
p style=”text-align: justify;”>एकद्वार प्रणालीका लागि सरकारी कार्यालयका सफ्टवेयरहरू एकीकृत हुनुपर्छ । एउटा निकायको डाटा अर्को निकायले स्वतः पाउनुपर्छ । नागरिकलाई फाइल बोकाएर कोठा–कोठा चहार्ने बाध्यताको अन्त्य हुनुपर्छ। जनतालाई प्रविधिबाट होस् या कर्मचारीबाटै चाहिने भनेको छिटो र छरितो सेवा हो । लाइनमा बस्न नपरोस् र बिचौलियालाई घूस खुवाउन नपरोस् भन्ने जनचाहना हो । सर्भर डाउन भनेर काम नहुने प्रवृत्ति अन्त्य हुनुपर्छ । सर्भर कहिल्यै डाउन नहुने व्यवस्था मिलाइनुपर्छ । अनलाइन सेवा भर्न नसकिने गरी जनतालाई उल्टै सास्ती दिने चलन अन्त्य हुनुपर्छ । डिजिटल नेपाल साँच्चिकै साकार बनाउने हो भने सम्पूर्ण सरकारी प्रणालीलाई अनलाइनमा लगेर नागरिकले सकेसम्म र धेरैभन्दा धेरै काम घरमै बसीबसी गर्न सकिने बनाउनुपर्छ । सर्भर डाउनका नाममा जनताले सकसमाथि सास्ती बेहार्ने दिन अन्त्य हुनुपर्छ । प्रविधिलाई साँच्चिकै प्रयोग गर्ने हो भने जनताका दुःखमात्रै अन्त्य हुँदैनन्, भ्रष्टाचार नियन्त्रण पनि हुन्छ ।