जेन जी आन्दोलनपछि ‘४०%ले घट्यो’ पर्यटक आगमन

People’s News : गत भदौ २३ र २४ गते भएका ‘जेन जी’ आन्दोलनमा भएको जनधनको क्षति र विध्वंसपछि नेपाल आउने पर्यटकको सङ्ख्यामा करिब ४० प्रतिशतले कमी आएका छन् । यी घटना हुनुभन्दा अगाडि नेपालमा प्रत्येक दिन औसतमा करिब ३,२०० को सङ्ख्यामा पर्यटकहरू आउँथे । त्यसयता त्यो १,३०० जतिको सङ्ख्यामा पुगेको अवस्था छ, अक्टोबर-नोभेम्बरको शरद् यामको मुखैमा भएका घातक प्रदर्शनपछि नेपालको अन्तर्राष्ट्रिय छविमा एक पटक पुन: ‘धक्का’ लागेको छ । 

तर पर्यटन व्यवसायीहरू भने नेपाल आउन खोजिरहेका पर्यटकहरूले दर्साएका केही कारणहरू अझै चिन्ताजनक रहेको बताउँछन् । जेलबाट भागेका आपराधिक पृष्ठभूमिका हजारौँको मानिसहरू र प्रहरीबाट लुटिएका सबै हातहतियार अझै बाहिरै छन् भनेर धेरै अझै चासो व्यक्त गरिरहेका छन्,  नेपाल असोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष भन्छन् । मुख्य पर्यटकीय याम सुरु भइसकेको छ । यो लामो समय जाला कि भन्ने हाम्रो चिन्ता छ । 

नेपालका दुई मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद् ऋतु खास गरी पदयात्रा र पर्वतारोहणका दृष्टिबाट निकै महत्त्वपूर्ण मानिन्छन् । पछिल्ला घटनामा देशैभरका गन्तव्य, पदयात्रा मार्ग र सम्पदाहरूमा असर परेको छैन । तर केही सेवा प्रदायक होटलहरूमा क्षति पुगेको छ,” जोशी भन्छन् । अवस्था सुधार हुँदै जाँदाका हकमा सेप्टेम्बर अन्त्यसम्ममा सामान्यतर्फ उन्मुख हुने आशा गरिएको जोशी बताउँछन् ।

तर यसबीचमा फेरि हुलदङ्गाहरू भए भने त्यससँगै पर्यटकीय स्रोत मुलुकमा जाने सन्देश निकै नराम्रो हुन्छ । जेन जी आन्दोलनपछि नयाँ सरकार गठन भएर अवस्था सामान्य हुनेतर्फ अघि बढिरहे तापनि यसबीचमा इन्टरनेट र सामाजिक सञ्जालमा फैलिएका हिंसक र अस्थिर अवस्था देखिने सामग्रीले नेपालको पर्यटनलाई तत्कालै असर पारेको व्यवसायीहरू बताउँछन् । हामी जहिल्यै सबैभन्दा पहिले पीडित हुने र सबैभन्दा अन्तिममा पुनरुत्थान हुने क्षेत्रका रूपमा हुन्छौँ । पछिल्लो समय यस्ता घटना छिटोछिटो हुन थाल्दा हामी चिन्तित छौँ,” नाटाका थपलिया भन्छन् । 

थपलियाले भनेझैँ नेपालमा आन्दोलन चर्कनासाथ बाङ्ग्लादेशमा एकाएक उच्च सङ्ख्यामा नेपालका लागि गरिएको बुकिङ रद्द हुन थालेको थियो । केही पर्यटन व्यवसायीहरूले यसबीचमा बुकिङको माग ३० देखि ७० प्रतिशतसम्मले कमी आएको जनाएका छन् । आन्दोलन र आसपासका दिनका लागि तय भइसकेको बुकिङ शतप्रतिशतसम्मले रद्द भयो । भारतले बाङ्ग्लादेशका नागरिकहरूलाई पर्यटकीय भिसामा कडाइ गरेपछि पछिल्लो समय त्यहाँका धेरै मानिसहरूको रोजाइमा नेपाल पर्ने गरेको थियो । एक बाङ्ग्लादेशी ट्राभल कम्पनी शेअरट्रिपले आफूहरू स्वयंले “तत्काल नेपाल यात्रा गर्न निरुत्साहित गरिरहेको र अवस्था स्थिर हुँदासम्मका लागि पर्खन भनेको” जनाएको छ । नाटाका थपलिया थप्छन् : “फागुनमा चुनाव छ । त्यो बेला पनि वसन्त याम पर्छ । अवस्था अस्थिर भइरह्यो भने त्यसको असर लामो समय पर्ने हुँदा सबै पक्ष सजग हुन आवश्यक छ । 

कता बढ्ता मार ? : नेपालको एउटा मुख्य होटेल सञ्जाल राजन शाक्य आन्दोलन चर्किएको दिनमा मात्रै आफूहरूले करिब ३०० वटा बुकिङहरू रद्द गर्नुपरेको बताउँछन् । त्यस्तोमा समूहमा आउने र परिवारहरू रहेको उनी बताउँछन् । सेप्टेम्बर महिनामै सांस्कृतिक टुर प्याकेजहरूको राम्रो बुकिङ थियो । यो होटलका अक्युपन्सी ६५-७० प्रतिशतसम्म हुने समय हो । तर अहिले त्यो करिब २० प्रतिशतमा झरेको छ । शाक्यले भने, “यसको असर होटेलहरूमा मात्र नपरीकन तरकारी पसलहरूदेखि पदयात्रा मार्गसम्म पर्छ । यो निकै संवेदनशील क्षेत्र हो । कोही अर्काको देश जाने कुरा महिनौँअघिदेखि बन्ने योजना हो । त्यसको माहोल बिग्रिए यस्ता घटनाको असर वर्षौँसम्म पर्न सक्छ । पर्यटन व्यवसायीहरूका अनुसार ‘जेन जी’ आन्दोलन सकिएपछि पनि अधिकांश नयाँ बुकिङहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा छन्।

“पहिल्यै भएका बुकिङमा पर्वतारोहण र पदयात्राका बुकिङ खासै रद्द गरिएका छैनन् । तर सांस्कृतिक टुर र सेमिनार एवं बैठकका आयोजनाहरू अधिकांश रद्द हुन पुगे,” नाटाका कुमारमणि थपलियाले भने । आफ्ना चालकदलका सदस्य बस्ने एउटा पाँचतारे होटेलमा प्रदर्शनकारीहरूले तोडफोड गरेपछि हङ्‌कङको एउटा विमान कम्पनी क्याथे प्यासिफिकले सेप्टेम्बर अन्तिमसम्मकै लागि नेपालमा आफ्ना उडानहरू रोकेको छ । नेपालका लुम्बिनीजस्ता बौद्ध तीर्थस्थलमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउने श्रीलङ्काजस्ता देशका हकमा भने गत साताको तनावले ‘तीनदेखि चार दिनसम्म’ मार परे तापनि अवस्था अवस्था सामान्यतर्फ आउन थालेको बताइएको छ । ओभरसीज बुद्धिस्ट टुर अर्गनाइजर्स असोसिएशनका महासचिव महिन्द्रा हलोलुवा पर्यटकको सङ्ख्या यतिखेर केही कम रहे तापनि विस्तारै सामान्य अवस्थामा आउन लागेको बताउँछन् । उक्त असोसिएशनअन्तर्गत भारत र नेपालमा यात्रा गराउने २३४ पर्यटन सेवा सञ्चालकहरू छन् । उनीहरूले दुवै देशका सरकारी निकाय, बौद्ध गुम्बा र होटलहरूसँगको समन्वयमा यात्राका कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । 

अब के गर्ने : श्रीलङ्काका तीर्थालुहरू जाडो सुरु हुनुअघिको नोभेम्बरसम्म नेपाल आउँछन् । त्यसपछि पुन: फेब्रुअरीमा उक्त क्रम दोहोरिन्छ । नेपाल पर्वतारोहण सङ्घका एक उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले नेपालबारे गएको नकारात्मक छवि फेर्न यतिखेर नेपालमै रहेका पर्यटकहरूको साथ लिनुपर्ने बताउँछन् । अहिले नै मनास्लु हिमाल चढ्न कुरिरहेका ३०० भन्दा धेरै हिमाल चढ्न आएका पर्यटक छन् । आन्दोलनकैबीच उनीहरूले खासै ठूलो समस्या झेलेनन् । अहिले सोशल मिडियाको जमानामा चाहेर-नचाहेर नेपालको नराम्रो छवि जाने भिडिओ मानिसहरूले हेरिरहेका छन्, कीर्तिमानी आरोही समेत रहेका शेर्पा भन्छन् ।

त्यस्ता मानिसहरूसम्म यहीँ भएकैबाट शान्ति रहेको, सुरक्षित भइने कुरा पुग्नुपर्छ । पर्यटकलाई जस्तोसुकै अवस्थामा पनि सुरक्षित राख्ने नेपालीको स्वभाव र प्रमाणित विगत बुझाइनुपर्छ । तर हिल्टनजस्ता मुख्य होटलहरू जलेका तस्बिर अन्तर्राष्ट्रिय रूपमा फैलँदाको असर लामो समयसम्म निकै गहिरो हुने शेर्पा बताउँछन् । पर्यटन बोर्डका सीईओले नेपालमा सशस्त्र द्वन्द्वदेखि पछिल्ला वर्ष र दशकमा भएका अनेकौँ आन्दोलनमा पर्यटकहरू कहिल्यै निसानामा नपरेको अवस्था विश्वलाई थाहा दिन आवश्यक रहेको बताउँछन् । कर्फ्यू वा आन्दोलनकै बीच पनि पर्यटक बोकेका गाडीहरू निर्धक्क हिँड्न सक्ने हाम्रो देश हो । ‘अतिथि देवो भवः’ साँच्चिकै हाम्रो रगतमै छ,” दीपकराज जोशी भन्छन् । 

यसपटक परिस्थिति केही फरक भएकाले त्रास केही बढ्ता भएको अवश्य हो । तर विगतदेखि नै छिटै पुनरुत्थान हुने देश नेपाल हो । हामीले अहिले पर्यटकहरूलाई निर्धक्क हुने वातावरण बनाउनका लागि आपसी समन्वय र समयमै सूचनाको आदानप्रदान निकै प्राथमिकतासाथ राखेका छौँ । आन्दोलनपछिका अवस्थामा कैयौँ देशहरूले जारी गरेका यात्रा सजगतासम्बन्धी ‘एड्भाइजरी’हरू हट्न थाल्नसाथ अवस्था सहज हुने अधिकारीहरूको आशा छ । नेपालको वैदेशिक मुद्रा आर्जनको दोस्रो मुख्य स्रोतका रूपमा रहेको पर्यटनले वार्षिक रूपमा ३ खर्ब रुपैयाँ आयआर्जनमा योगदान दिइरहेको वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्ल्यूटीटीसी)को विवरणले देखाउँछ । डब्ल्यूटीटीसीकै विवरणअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान करिब ८ प्रतिशत छ । रोजगारी सिर्जनामा पर्यटनले क्षेत्रको योगदान १० प्रतिशतभन्दा बटी रहेको पर्यटन बोर्डले जनाएको छ । हाम्रो अर्थतन्त्रको आधाजसो हिस्सा अनौपचारिक छ।

Leave a Comment