स्वनाम साथीको सम्झनामा।

प्रिय स्वनाम साथी,
लालसलाम!
तपाईले छोडेर गएको एक हिउद पछि तपाईंलाई सम्झिएर आज पत्र लेख्दैछु । तपाईंको ठेगाना मलाई थाहा नभएको हुनाले यो पत्र तपाईले पाउनुहुन्छ कि पाउनुहुन्न भन्ने कुरा म एकिनसाथ भन्न त सक्दिन तर यतिकुरा भन्न सक्दछु कि यो पत्रले तपाईंका कृयासिल जिबनका बारेमा केही तथ्यहरु उजागर गर्ने छ। लालसलाम साथी ! म स्वनाम साथी। तपाइको के राखिदिएका छन् कुन्नि ? भन्दै तपाई हरित कृषि सहकारीको अफिस बागबजारमा नछिरेको ५१ महिना भएछ। हरितको हलमा दक्षिण पट्टिको झ्यालैमा अडेस लागेर घाम ताप्दै बस्दा त्यहाँ आउने नयाँ नयाँ साथीहरुलाई तपाईले भन्ने गरेको उही लालसलाम साथी! म स्वनाम साथी।तपाईंको के राखिदिएका छन् कुन्नि ? वाक्यको सम्वोधन तपाईं फेरि पनि गर्नुहुन्छ कि जस्तो झझल्को अहिलेपनि आईरहन्छ। मलाई अहिले जस्तो लाग्छ, प्रारम्भिक दिनहरुमा तपाईं सहित भैरव रिसाल, डा. द्वारिकानाथ ढुङ्गेल, प्रा डा पिताम्बर शर्मा, प्रा डा नरेन्द्र खनाल, परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ, रानितिक बिष्लेषक श्याम श्रेष्ठ नापि बिभगका पुर्ब महानिर्देशक पुण्य ओली, नक्साबिद् शेर बहादुर गुरुङ र म त्यँही बसेर नेपालको चुच्चे फुर्के नक्साको बारेमा बहस गरेको, नक्सा बनाएको, प्रकाशन गरेको, पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अनि तपाईको पहलमा २०-३० बर्षका युवा बिध्यार्थी देखि ४०-६०बर्षका अधबैसे हुदै ७०-८०- ९० वर्ष पार गरेका नेपालका सर्बश्रेष्ठ जेष्ठ नागरिकहरुलाई पनि संयोजन गरी अगाडि लगाएर तपाईं पछि पछि सिंहदरबारमा मन्त्रालयको ढोका- ढोकामा गएर हामिले (सीमा बचाऔं अभियानले) तयार गरेको नेपालको अध्याबधिक नक्साको बारेमा मन्त्रीहरुलाई पढाएको। अनि तपाईले मन्त्रीहरुलाई स्पष्टिकरण दिएको, नेपालको नक्सा बुच्चे होईन चुच्चे हुन्छ। चुच्चे मात्र होइन फुर्के हुन्छ बुझिएन ? भन्दै फुर्के चुच्चे नक्साको बारेमा मन्त्रीहरुलाई बुझाएको ।

साथी ! तपाई त जानुभयो हामी सबैलाई छोडेर।तर तपाईंले छोडेर गएको सिमा बचाऔ अभियान, जैविक नेपाल अभियान, सञ्जीवनी समूहिक अभियान, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह माहासंघ अर्ग्यानिक उत्पादन अभियान, साईकल सोसाईटी, प्राकृतिक मानव केन्द्रित जन अभियान,, एमसिसि खारेज अभियन, मार्क्सीय गुरुकुल, अक्टूबर क्रान्ति,लोकतन्त्र र राष्ट्रियताका लागि नागरिक समाज, वातावरण जोगाऔ अभियान, मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान, भान्सानै औषधालय अभियान लगाएतका दर्जनौ अभियानहरु चै त्यतिकै अलपत्र जस्तै भएका छन्।

पृय साथी !
सरकारले तपाईं हुँदै नेपालको अध्याबधिक नक्सा प्रकाशित गर्यो तर त्यस्को क्षेत्रफल अहिले सम्म सार्वजनिक गर्न सकेन। अहिले तपाई हुनुहुन्थ्यो भने प्रत्येक मन्त्रीको ढोका ढोकामा पसेर छिटो भन्दा छिटो नेपालको क्षेत्रफल सार्वजनिक गर ! भन्नुहुन्थ्यो होला। नेपालका विज्ञ सम्पुर्ण सर्बश्रेष्ठ जेष्ठ नागरिकहरु अघि लगाएर मन्त्रीहरुलाई घेर्नु हुन्थ्यो होला।काम गर्न दबाब दिनु हुन्थ्यो होला । स्कुल कलेजका ढोका ढोकामा गएर विद्यार्थी र शिक्षकहरुलाई नेपालको नक्सा, यसको क्षेत्रफल र अतिक्रमित जमिन को बारेमा जानकारी दिलाउँदै हिड्नु हुन्थ्यो होला। उक्त जग्गामा नेपालको तर्फबाट भोगचलन र स्वामित्व ग्रहणगर्न लिम्पियाधुरामा छिटो भन्दा छिटो नेपाली सेनाका जवानहरुकोलागि एयरकण्डिसन सहितको ब्यारेक निर्माण गर भनेर सरकारलाई दबाब दिनुहुन्थ्यो होला । भारतीय सेना नेपाल छोड! नेपाल सरकार सीमा जोड !! भन्दै सडकमा नारा लगाउँदै हिड्नु हुन्थ्यो होला। पशुपतिबाट शिबजिका भक्तहरुलाई साथ लिएर शिवजीको पवित्र भूमि छोटे कैलास र पार्वती कुण्ड लगायतको हाम्रो नेपाली भूमि भारतले लग्यो है साथी हो ! लौ न फिर्ता ल्याउनको लागि कम्मर कसौ ! भन्दै संपुर्ण शिब भक्त जोगीहरुको नेतृत्वगर्दै काठमाण्डौबाट जुलुस सहित पशुपति- कैलासपर्बत मार्च अभियान सन्चालन गर्न लगाउनुहुन्थ्यो होला । हजारौं युवा र कलाकारहरुलाई दशरथ रङ्गशालामा जम्मा पारेर नेपालको लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको अतिक्रमण विरुद्धको अभियान सञ्चालन गर्न ´लिलिका जोगाऔ कन्सर्ट` अभियानको रुपमा सञ्चालन गर्नु हुन्थ्यो होला । अनामनगरमा रहेको भैरव रिसालको घरको त्यो छतमा घाम ताप्दै सबै जेष्ठ नागरिकहरुलाई बोलाएर नयाँ नयाँ कार्ययोजना बनाई कामलाई अगाडि बढाउनु हुन्थ्यो होला ।

हरितमा आएर “लालसलाम साथी ! आराम हुनुहुन्छ ? तपाईहरुसँग एउटा सानो सल्लाह गर्नु पर्नेछ । हेर्नुस न नेपालको सीमा जोगाउनु छ । त्यसका लागि केही न केही गर्नु छ । तपाईंहरु पनि केही गर्नुस् न। मेरो यत्ति सानोकाम छ तपाईंको हातमा सीप छ त्यो सीप यसमा मिसियो भने उम्दा हुन्छ। यति गरिदिनु भयो भने तपाईलाई नेपाल आमाले धन्यवाद भन्ने छिन् । आमाको अस्मिता जोगाउन तपाईंको पनि थोरै योगदान रहने छ यति काम गरिदिनु भयो भने म पनि तपाईहरु प्रति आभारी हुने थिएँ र तपाइहरुलाई कोटीकोटी प्रणाम गर्ने थिएँ” भन्दै हरितका बहिनीहरुलाई कागजी योजना टाईप गर्न लगाउनु हुन्थ्यो होला । वाल्मीकि विद्यापीठको चौरमा बसेर mcc खारेज गर्ने योजना बनाउनु हुन्थ्यो होला। डिजेल पेट्रोलको उपयोग घटाउँ electric साधनको उपयोग बढाउ। स्वास्थ्यका लगि साइकल चढौं भन्दै वातावरण प्रदुषणका विरुद्धमा साईकल चढौ अभियान चलाउनु हुन्थ्यो होला । कम्युनिष्टहरु भन्ने तर मार्क्सवाद को म पनि कुरा थाहा नहुने हाम्रो कम्युनिष्ट पार्टीका अहिलेका कमिटीहरुलाई मार्क्सवादी विषय अध्ययन गराउनको लागि मार्क्सवाद अध्ययन पाठशाला खोली उक्त पाठशालामा मार्क्सवादी विषयहरूको अध्ययन अध्यापन गराउनु हुन्थ्यो होला।
कम्युनिस्टहरू तीन तहका हुन्छन् व्यक्तिगत, सामूहिक र शारीरिक। मार्क्सले भन्नुभएको शारीरिक तहको कम्युनिजम हो। बुद्ध, माहाबिर, भोले बाबा हरुले प्रयोग गर्ने साम्यवाद व्यक्तिगत तबरको सानो अखडा बिहार वा मठ हरुमा प्रयोग हुने सामुहिक कम्युनिजम् हो । पूर्वीय जगतमा ५००० वर्ष देखि कम्युनिजमको अभ्यास भईरहेको छ तर पश्चिमा जगतमा त्यो छैन। तपाईंको विचारमा धेरै भाव आउँछन् तपाईको आफूभित्रको म फालि दिनुहोस् तपाईं कम्यूनिष्ट हुनुभयो ब्यक्तिगत तहको कम्युनिस्ट। यो अभ्यास असाध्यै थोरै मानिसहरुले गरे सामुहिक तहमा भने केही प्रयासहरु भएका थिए। कम्यूनिष्ट घोषणापत्रमा आजको कुरा गरिएको थियो। सम्यवाद आज अहिले र यहीबाट सुरु गर्न सकिन्छ । व्यक्तिगत सामुहिक र शारीरिक तहमा भन्दै सबैलाई एक मिनेट साम्यबादी बनाउदै हिड्नु हुन्थ्यो होला ।

कम्युनिष्टका हातहरु रगतले रङगिने होइन पीडित वर्गको सेवा गर्न बनेका हुन्। कम्यूनिष्ट हुनु भनेको “लोभलालच नगर्ने, शासन शोषण नगर्ने, संचय र उपभोगको तृष्णा नगर्ने, लिन लोभ नगर्ने, दिन कन्जुस्याई नगर्ने, संसारको सबैभन्दा असल मानिस हुनु हो । अन्याय, अत्याचार, शासन, शोषणन, उत्पीडन, असमानता नभएको, सबै को आधारभूत आवश्यकता पूर्ति हुने, आफ्नो निर्णय आफै गर्न सकिने, कोही मालिक कोही नोकर नहुने, समाज कम्युनिष्ट समाज हो। अन्याय-अत्याचार उत्पिडन शोसण शासन असमानता बर्गिय जातीय भेद भाब अरन खटन होइन समानतामूलक समाज जहाँ प्राण रक्षाको ग्यारेन्टी, जहाँ भात खान र उपचार गर्न सित्तैमा पाइयोस। यस्तो राज्य ब्यबस्था कम्युनिष्टले स्थापना गर्नुपर्ने हो। जुन समाजमा सुखदुःखको चिन्ता मान्नु पर्दैन खुसी र गमको फरक पर्दैन त्यो समाज कम्युनिष्ट समाज हो” भन्दै कम्युनिष्ट समाजको ब्याख्या गर्दै हुनुहुन्थ्यो होला । चन्दाको भरमा होइन आफ्नो उत्पादन हुनुपर्छ। आत्मनिर्भर भएर पार्टी र सरकार चलाउनुपर्छ। मोबाईल अपडेट गरेजस्तै कम्युनिस्ट पार्टीलाई पनि अपडेट गरिरहनु पर्छ । छेलो खेलो भएपछी कम्युनिष्ट व्यबस्था प्राप्त हुन्छ । त्यसकालागि अत्याधीक उत्पादन बढाउनु पर्छ” भन्दै उत्पादन बढाऔं अभियान संचालन गर्नु हुन्थ्यो होला । “कम्युनिस्ट पार्टी नाम राख्ने तर कहिल्यै कम्युनिजम हासिल गर्न नखोज्ने,कम्युनिजमको बारेमा कहिल्यै कुरासम्म नगर्ने अनी कसरी कम्युनिष्ट हुने? हामी अहिले भएका कोही पनि कम्युनिष्ट छैनौ त्यसैले कम्युनिष्टहरुको व्यवस्था, संस्कृति र कम्युनिष्ट समाजको बारेमा खोजी गरौ” भन्दै नयाँ बहस चलाउनु हुन्थ्यो होला ।

नेपालमा कम्युनिष्ट हुन योग्य व्यक्तिहरु कोही पनि छैन। जो छन तिनमा केही न केही स्वार्थ, सम्पत्तिको मोह, नेतृत्वको मोह, सत्तामोह, हाकिमि प्रवृति, सामन्ती चिन्तन, रक्त नाता, पारिवारिक दबाब र घेराउका बीचमा आफुलाई कम्युनिस्ट भनिरहन बाध्य भएका व्यक्तिहरू छन। उनीहरुका दुई वटा रुप छन्। देखिने र गरिने। देखिने रुपमा उनीहरु आफूलाई कम्युनिष्ट भन्दछन र सबैभन्दा क्रान्तिकारी कम्युनिष्ट आफै छु भन्न पनि पछि पर्दैनन। तर गरिने व्यवहारमा कुनै सामन्तको भन्दा कमि छैन। भित्री व्यवहारमा उनीहरु यति ढोँगी छन की कम्युनिष्ट र अन्य पार्टी (कांग्रेस, राप्रपा, राजावादी, मधेशवादी वा अरु कुनै पार्टी) भन्दा फरक छैनन् । जनताले फरक भेट्टाउन र फरक छुट्याउन पनि गाह्रो छ । त्यही भएर दुई तिहाईको कम्युनिष्टहरु भन्नेहरूको सरकार हुँदा पनि जनताका लागि केही माखो मार्न सकेनन्। सबैले आफ्ना लागि मात्र गरे। जुन काम सामन्तहरुले अहिलेका कम्युनिष्टहरुले भन्दा अझ राम्रोसँग गर्ने गर्थे जनताले थाहा नपाई ठग्थे । तिनिहरुले ठगेको कुरा जनताले सिधा आँखाले देख्न सक्तैनथे। तर यिनीहरु कम्युनिष्टका नाममा जनतालाई देखाई देखाई ठग्न सिपालु भए र ठगिरहे भन्दै कम्युनिष्ट शाषकहरुको खुल्ला आलोचना गर्दै तिनलाई सुधार्न कोशिष गर्नुहुन्थ्यो होला । हिजो जनताको घरदैलोमा लुखुर्लुखुर हिड्ने नेताहरु अहिले गार्ड लिएर आउछन् । आफूलाई के हो भनेर देखाउन गार्ड राखेर बस्छन। आफूलाई कम्युनिष्ट हुँ भन्ने नेताहरु गार्ड लिएर हिड्न जरुरी छ ? किन चाहियो गार्ड हरुको लर्को ? यो के हो भने उहाँहरूले सामन्ती संस्कृतिलाई जारी राखिरहनु भएको छ । हाम्रा कम्युनिष्ट नेता भन्नेहरुसंग न गणतन्त्रवादी संस्कृति छ न पुँजीवादी संस्कृति। यिनीहरुसँग रहेको सामन्ती चिन्तन, अझ त्यो नभए पूँजीवाद भित्रको पनि अति खराब फासिष्ट चिन्तन बोकेर हिँडिरहेका छन् र फासिष्ट तडकभडक देखाइरहेका छन् । जबकी बेलायत र क्यानडा जस्ता देशका राष्ट्रपतिहरु समेत सार्वजनिक गाडी र रेलमा यात्र गरिरहेका छन्। हो हाम्रा कम्युनिष्ट नेताहरुलाई खतरा पनि होला। किनकि उहाँहरुले पैसा जोड्नु भएको होला, सम्पती कमाउनु भएको होला, आफन्तको नाममा घर जग्गा व्यवसाय जोड्नुभएको होला, जीवनमा कति पटक राष्ट्रपति र प्रधानमन्त्री हुन मन लागेको होला, हाम्रा नेताहरु कम्यूनिष्ट त भए तर कम्युनिजम के हो भन्ने कुरै थाहा पाएनन् । नसुध्रेका क्रान्तिकारी बुर्जुवा नेताहरु जो हुनुहुन्छ उहाँहरुले सानोमा सिकेको सामन्ती संस्कार अहिले पनि छोड्न सक्नु भएन। आमाले ढुंगालाई ढोग्न लगाउनु भयो, घरमा आउने मानिसलाई नमस्ते गर्न लगाउनु भयो, त्यही संस्कार नेताहरुले सिक्नुभयो र त्यहाँबाट बाहिर निस्कन सक्नु भएन । यस्तो संस्कार जनआन्दोलन र जनयुद्धले सिकाउने हैन चेतनाले सिकाउने हो भन्दै नेताहरुलाई कम्युनिष्ट संस्कार सिकाउदै हिड्नु हुन्थ्यो होला।

थापाथली इन्जिनियरिङ क्याम्पस मा गएर विद्यार्थीहरुलाई यो ब्रह्माण्ड बचाउनका लागि डिजिटल वारको तयारी गर्न लगाउनु हुन्थ्यो होला। भान्छा लाई कसरी औषधालय बनाउने भन्ने छलफल महिला हरुलाई बोलाएर गराउनुहोला । साहु कम्युनिष्टहरुका विरुद्धमा सही माक्र्सवादी ज्ञान र सही कम्युनिष्ट कसरी बन्ने भन्ने मार्क्सबादी ज्ञान र चेतना दिन मर्क्सीय गुरुकुलमा सबैलाई भेला पारेर प्रशिक्षण चलाउनु हुन्थ्यो होला दिउँसो नभएका कामहरु को लागि राति- राति सबैको मोबाइलमा घन्टी बजाउदै के छ साथी? तपाईंले यो काम गर्नुभयो ? त्यो काम कहाँ पुग्यो? को-कोसँग कुरा गर्नुभयो? भोली कसरी जानेहो? क-कसलाई बोलाउने हो? के के कुरामा सल्लाह गर्ने हो? भन्दै हरेक साँझ फलो गर्नु हुन्थ्यो होला । हरेक दिन एउटा न एउटा अभियानको बैठक बोलाएर नयाँ नयाँ योजनाहरु बनाउनु हुन्थ्यो होला। तपाईंको यो क्षमता छ त किन प्रदर्शन नगर्ने ? भन्दै सबै व्यक्तिहरुलाई एउटा-एउटा क्षमता वान व्यक्ति देखाई दिनुहुन्थ्यो होला। यो गर्न सकिन्छ तपाईले गर्ने तपाईले! भन्दै व्यक्ति व्यक्तिलाई उत्साहित बनाइदिनु हुन्थ्यो होला र मानिसहरूलाई मनोवैज्ञानिक रुपमा काम गर्नका लागि बाध्य पार्नु हुन्थ्यो होला ।

मेरो आत्मीय साथी!
तपाइँ यहाँ रहनुभएको भए तपाईको जिन्दगी अति व्यस्त हुने थियो होला। एकातिर सिमा बचाउनुपर्ने, अर्कोतिर mcc खारेज गर्नुपर्ने अरुतिर मानवजीवनको रक्षाको लागि विषादीरहित खानाका लागि अर्ग्यानिक अभियान चलाउनुपर्ने, त्यसैगरी वातावरण प्रदूषणको बिरुद्ध वातावरण जोगाऔ अभियान सञ्चालन गर्नुपर्ने, हरित क्रान्ती संचालन गर्नु पर्ने, भान्सालाई औषधालय बनाउनुपर्ने, योग र ध्यानलाई मानव जीवनको अङ्ग बनाउनु पर्ने, मार्क्सवाद र एशियाली दर्शनको फ्युजन गराउनुपर्ने, मार्क्सवादको गलत बुझाइलाई चिर्न माक्सिय गुरुकुल मार्फत पाठ्यक्रम निर्माण गरी सबैलाई पढाउनुपर्ने, सबैभन्दा महत्वपूर्ण कुरा एक मिनेटको लागि भएपनि सबैलाई साम्यवादी बनाउनुपर्ने त्यो पनि आफ्नै जिबनमा पछि होइन आजै, भरे होईन अहिले यतिनैखेर एक मिनेट साम्यबादी हुने अभियान सञ्चालन गर्नुपर्ने, सबैको जिवनमा योग र ध्यान अनिवार्य लागू गराउन मेरो स्वास भित्र गयो, मेरो श्वास बाहिर आयो यति कुरा सबैले थाहा पाउने अभियान चलाउनुपर्ने। सबै ठाँउमा सबैका साथी भईदिनु पर्ने, परिस्थिति अनुसार अभियान सञ्चालन गर्नुपर्ने, जोसँग एजेण्डा मिल्यो ऊसँग नयाँ अभियानको थालनी गरिहाल्नु पर्ने, सबैलाई संयोजन गर्दै हिड्नु पर्ने, साथीहरुको दुख बिसाउने चौतारी पनि बनिदिनु पर्ने,। यी सबै काम गर्न सजिलो थिएन बिहानदेखि बेलुकासम्म तपाई कति धेरै व्यस्त हुनुहुन्थ्यो होला।

आज तपाईलाई नदेख्दा मलाई असाध्यै न्याश्रो लागि रहेको छ। तपाईं बिना सबै अभियानहरु अलपत्र परेका छन्। सीमा बचाऔं अभियान टुहुरो भएको छ र हामी नेतृत्व बिहिन भएका छौ। झण्डै एक वर्षपछि अस्ति भैरव दाईकोमा गएको थिएँ। सुशीला भाउजू ले तपाईलाई आफ्नै देवर भन्दा पनि बढि माया गर्नु हुदो रहेछ भन्ने कुरा मैले पहिलो पटक थाहा पाएँ। उहाँको नजरमा नेपालमा जम्मा दुईजना मात्र कम्युनिस्ट रहेछन्। त्यसमध्ये तपाईं एक नम्बरमा पर्नु हुँदोरहेछ भने रुपचन्द्र बिष्ट दोश्रो। भैरबदाईले दाईभन्दा तपाई दुईदशक कान्छो भए पनि नेतृत्व गर्ने क्षमता, सरलता, सबै उमेर समुहका मानिसहरु संग घुलमिलहुने मिजासिलो स्वभाव र सबैलाई जोड्न सक्ने कार्यकुशलता को बारेमा खुलेर प्रशंसा गर्नुभयो। वहाँहरुको तपाईं प्रतिको धारणा सुनेर म त छक्क परे । तपाईसंग कति धेरै आसा राख्नु भएको रहेछ।

आत्मीय साथी !
बुढापाकाहरुले त्यत्तिकै भनेका होइन रहेछन्। मियो बिना दाँई हुँदैन भनेर। अहिले राति-राति कसैको मोबाइलमा घन्टी बज्दैन। के छ साथी? तपाईंले यो काम गर्नुभयो ? त्यो काम कहाँ पुग्यो? को-कोसँग कुरा गर्नुभयो? भोली कसरी जानेहो? क-कसलाई बोलाउने हो? यस्ता कुराहरु कसैको मोबाइलमा सुनिदैन। कसैले भन्दैन पनि।
अहिले सबै साथीहरु न्यश्रिएका छन। हाम्रो अभियान संग जोडिएका साथीहरुले तपाईंको बारेमा मलाई सोधिरहेका छन् । स्वनाम साथीको स्मृतिमा के कार्यक्रम गर्ने भनेर। मैले यो गर्ने भन्न सकेको छैन। किनकि तपाईलाई मान्छेहरुको मृत्युपछि गरिने बार्षिकोत्सव र स्मृति दिबस मनाउबे तथा प्रतिष्ठान बनाएर गरिने काम लगायतका कुनै पनि कुरामा ईच्छा थिएन। तर तपाईलाई हामीले सम्झने कसरी हो? तपाईंका विचारहरुलाई प्रभाह गर्ने कसरी ? कस्तो संस्थामार्फत त्यसलाई अगाडि बढाउने ? अहिले यो विषयमा म त बिलखबन्धनमा परेको छु। साथीहरुलाई के भनौं यसको जबाफ मलाई छिट्टै पठाउनु है । आज तपाईलाई नदेख्दा मलाई पनि असाध्यै न्याश्रो लागि रहेको छ। साथी भैदिएको भए मलाई भन्नुहुन्थ्यो होला कमल साथी! नेपालको नक्सा त आयो तर क्षेत्रफल त आएननि ! अनि बिना क्षेत्रफलको जमिन कति र कसरी भोगगर्ने ? एउटा बिज्ञप्ती खेस्रा गर्नु त। भोली मिटिङबाट जारी गर्नु पर्छ। म भैरब दाईलाई भन्छु तपाई साथिहरुलाई खबर गर्नू। यीनले क्षेत्रफलत घोषणा गरेनन जमिन के भोगचलन गर्थे ? जाऊ फेरी सडकमा । तताऊ सडक।उतारौ जनसागर।

लाल सलाम साथी,
यी त मेरा मनमा लागेका भावहरु भए। न त तपाई यो धरतिमा हुनुहुन्छ न त केहि गर्न नै सक्नुहुन्छ। तपाईसंग हिजोका दिनहरुमा संगतगर्दा तपाईबारे हामीले संचालन गरेको एउटा अभियानको सन्धर्बको मलाई लागेको अनुभुतिलाई मात्रै मैले ब्यक्त गरेको मात्र हो।तपाईका दर्जनौ अभियानहरु संचालित थिए। ती सबैका आ-आफ्नै बिशेषता थिए।कोहि शुरु हुदै थिए, कोहि अलि अगाडि बढिसकेका थिए, कोहि परिणाम मुखी हुदै थिए,कसैले परिणाम दिन थालिसकेका थिए। तर बिबिध कारणले अहिले तिनमा गति रोकिएको छ। तपाईले छोडेर गएका कामहरु अगाडि बढाउनु पर्ने दायित्व हामी यस धरतिमा रहने हरुको हो। हामी कोशिस गरौला जति सकिन्छ। तपाईको कृयासील र ब्यस्त जीबनबाट केही प्रेरणा मिलोस। तपाई जहा हुनुहुन्छ अबस्यपनि ब्यस्त र मस्त रहनु भएको होला।तपाईलाई सम्झिरहेको यस घडिमा तपाई प्रति उच्च सम्मान तथा हार्दिक श्रद्दाञ्जली।
उहीँ तपाईको कमल साथी।
कोमलचन्द्र बराल
हाल कटुञ्जे भक्तपुर

Jwala Sharma

Leave a Reply