![]()
पिपुल्स न्युज काठमाण्डौ : नेपालको सहकारी इतिहासमा अहिलेको जस्तो आलोचना, सहकारी संस्थाहरूले ब्यहोर्नु सायद परेको थिएन होला । समुदायमा आधारित संस्थाहरू समस्या नभएपनि नाफा मुखी केही संस्थाहरूलाई मात्र समस्या आउँदा सिङ्गो सहकारी क्षेत्र नै आलोचित भएको छ । सबै संस्थाहरूमा समस्या आएको भने पक्कैपनि होइन । समस्यामा परेको सहकारी हरु आलोचित हुनुका पछाडि धेरै कारणहरू हुन सक्छन । त्यस्ता कारणको खोजी गर्नु भन्दा पनि हाहल्लाको पछि कुदनु आजको नियम बनेको छ । कागले कान लग्यो भन्ने बितिकै कागको पछि कुदने बानीले स्वयम आबद्ध सदस्यहरुलाई नै थप समस्यामा पारेको छ ।

सहकारीले देश भरीका ससाना व्यपारिलाइृ सहज ढंगले ऋण सेवा दिदै आएको थियो तर केही सहकारीमा समस्या आउने बितिकै सम्पुर्ण सहकारीलाई दोष देखाई सदस्यहरुलाई भ्रमित पारि बाटो नै मोडि दिए जसको कारण सही ढंगले चल्दै गरेको सहकारीमा समेत सोच्दै नसोचेको बाताबरण बन्यो । बिचौलिथाहरुले सदस्यहरुको दिमागवास गरेर भढकाउ भाषण गरेर देश भरी नै सदस्यहरुको मानस पलटबाट तिर्नु पर्दैन भन्ने बिचारको बास गरायो । जस कारण देशै भरीका सहकारीहरुको क्ष्ववत नै गुम्यो । तत्पश्चात पनि सहकारीको साख बिग्रीनुमा त्यसमा सहकारी संस्थाका सञ्चालक पनि एक प्रमुख कारण हो । सञ्चालकरूलाई सहकारी सम्बन्धी ज्ञान नहुनु, जानाजान सहकारी उद्देश्य विपरितका काम गर्नु, सदस्यहरूलाई वढी व्याजको प्रलोभन देखाई बचत गर्न लगाउनु ।
सञ्चालक आफैले घर घडेरीको दलाली काम गर्नु । व्यवस्थापन पक्षलाई निर्देशन गर्न नसक्नु । पार्टीको प्रतिनिधि भई आएर सहकारी संस्थाको सञ्चालक हुनु । भ्रष्टाचार मानसिक्ता भएको व्यक्ति संचालक समितिमा आउनु । सहकारीको स सम्म थाहा नहुने व्यक्ति जिरो लगानीमा नै एकासि कारणबस सहकारीको संचालक बननु । आफ्नो पार्टीको सञ्चालकमा भागबन्डा लिएर संस्था चलाउने ज्ञान नभई संस्थाबाट व्यक्तिगत लाभ लिन अग्रसर हुनु हो । सहकारी सञ्चालनका लागी सदस्यहरूले जिम्मेवार दिएका सञ्चालक समितिले , सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड विभागले जारी गरेका निर्देशन पालन नगर्नु संस्था सञ्चालनका लागि संस्थाको नीति कार्यविधि तयार नपार्नु तयार परेका निर्देशनहरूको पालना नगर्नु प्रमुख कारण हुन ।
सञ्चालक समिति उच्च नैतिकवान, भ्रस्टाचारी नियत नभएको, पदको ज्ञान नभएको हुनु भएन तथा उच्च मापदण्डहरूको पालना गर्ने र तिनीहरूको निर्णयमा निष्ठा प्रदर्शन गरि सदस्य र सरोकारवालाहरूको विश्वास कायम राख्न नैतिक नेतृत्व भएको हनु पर्दछ । सहकारी संस्था प्रभावकारी शासनको लागि वित्तीय विवरण, बजेट व्यवस्थापन बुझ्न सक्ने । सकारीको वित्तीय स्वास्थ्य र दिगोपन सुनिश्चित गर्न सञ्चालकहरु संग वित्तीय अवधारणाहरूको राम्रो ज्ञान भएको हुनुपर्दछ । सहकारी संस्थाका संचालकहरूसँग रणनीतिक रुपमा सोच्ने र सहकारीको लागि दीर्घकालीन दृष्टिकोणको विकासमा योगदान गर्न सक्ने क्षमता भएको र लक्ष्य निर्धारण गर्ने, योजना बनाउने संस्थाको मिसन पुरा भएको नभएको सुनिश्चित गर्न सक्ने हुनुपर्दछ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूलाई कामको विभाजन गर्न प्रभावकारी रुपमा काम गर्ने क्षमता भएको । सहकारी निर्णय र प्रकृयाका लागि अन्य निर्देशनहरू, व्यवस्थापन र सदस्यहरूसँग सहकार्य, सहमति निर्णय मा सदस्यहरूको सहभागिता गराउन सक्ने हुनुपर्दछ ।

सहकारी संस्था प्रभावकारी सञ्चालनका लागि सक्रिय रुपमा सबैको कुरा सुन्न सक्ने क्षमता भएको विचारहरू स्पष्ट भएको र विविध सरोकारवालाहरूसँग संलग्न हुने क्षमता सहितको सीप भएको सञ्चालक हुन आवश्यक छ । एक सहकारीका सञ्चालक भएपनि सहकारीले सामना गर्ने जोखिमहरू पहिचान गरी मल्याङ्कन गर्न सक्षम र जोखिम न्यूनीकरणका लागि रणनीतिक विकास गर्न व्यवस्थापनसँग सहकार्य गर्न, कानुन र सहकारी सम्बन्धी अन्य जोखिम बुझ्न सक्ने हुनुपर्दछ । सहकारी संस्थामा संस्थाका चुनौतीहरू उत्पन्न हुन्छन नै । सञ्चालक समितिहरूले समस्या समाधान गर्न प्रभावकारी भूमिका खेली यस्तो परिस्थितिहरूको विश्लेषण गरि वैकल्पिक समाधानहरू निकाल्न र भविष्यमा यस्तो चुनौती उत्पन्न हुन नदिने खालका रणनीतिहरू निर्माण गर्न सक्ने हुनु पर्दछ ।
तर हाल त्यस्ता ज्ञान भएको नभई बिना मिहिनेत सहकारी संस्थाको संचालक समितिमा एकासी आबद्ध हुँदा के के नै पाए भनेर आफ्नो काम के हो कसरि नबचलभ भन्ने सोधी खोजि पनि नगर्ने र आफ्नो मै हु जे हु भन्ने अहमताका साथ सहकारी को नाममा गलत काम र सके सम्म आफैले रकम चलाउने, अध्यक्ष ले रोकतोक गरे सिधै नबस्ने, लगानी फिर्ता लेउ जस्ता असभ्य कार्य हरु गर्नाले पनि सहकारी संस्था बदनामिको बाटोमा हिन्न बाध्य भए । संस्थाको एक प्रमुख पाटो व्यवस्थापन पक्ष हो । अध्यक्षको प्रत्यक्ष निर्देशन र निगरानीमा व्यवस्थापन पक्षलाई नीति विधि र प्रविधि मार्फत संस्थालाई अगाडि बढाउन सहकार्य आवश्यक छ ।
सञ्चालक समिति वा अध्यक्षले सिधा व्यवस्थापन लाई निर्देशन दिन सक्ने हुनु पर्दछ तर अहिले व्यवस्थापनले सञ्चालकलाई निर्देशन गरिएको पाइएका संस्थाहरूमा समस्या आएको पाइन्छ । यि वाहेक सञ्चालक समितिले सहकारीको वकालत गर्न सक्ने, वाह्य सरोकारवालासँग सम्बन्ध निर्माण गर्न सक्ने, नयाँ चुनौतीहरूसँग अनुकुलन गर्न सक्ने, समावेशी वातावरणलाई वडवा दिने खालको कानून र सुशासनको ज्ञान भएको । नयाँ कुरा खोजीगर्न तथा सिक्न चाहने हुन आवश्यक छ । यी गुणहरूले सामूहिक रुपमा सहकारी संस्थाका सञ्चालक समिति बलियो र नैतिक नेतृत्व प्रदान गर्न र सहकारी संस्थाहरूको सफलता र दिगोपनमा योगदान पुर्याउँछ । कतिपय सहकारीको प्रकृतिको आधारमा अन्य विशिष्ट आवश्यकताहरू पनि भिन्न हुन सक्दछ ।