![]()
पिपुल्स न्युज । मिटर ब्याजमा एक लाख दिदा तिन लाख को चेक लिने प्रवृति र त्यहि अनुरुप उक्त चेक बाउन्स गराई तिन लाख असुल्ने चलनले सर्बसाधारण मारमा पर्ने गरेको छ मिटर ब्याजी समुहको सेटिङ्ग हरेक निकायमा भएर नै हो ऋणी मार मा पर्ने तथापी सरकार ले हाल ल्याएको चेक बाउन्समा प्रहरीले पक्राउ गर्न मिल्ने कारण ऋणी झन झन समायमा र मिटर ब्याजी उन्मुक्ति पाउने भएको छ
देशै भरी बैंक तथा वित्तीय संस्था बाट ऋण लिन धेरै सास्तीको कारण मिटर ब्याज लिन सजिलो भएको हुँदा सर्बसाधारण मिटर ब्याज तिर लम्केको हुन्छ त्यसैको अबसर खोजेर बसेकाले एक लाख दिई 3 लाख वा त्यो भन्दा बढीको चेक लिई महिना पछि चेक बाउन्स गराई सकेका हुन्छन जसको नतिजा ऋणी बाध्य भै तिर्नु पर्ने अवस्था हुन्छ चेक बाउन्स गराउने नियम को कारण कानुन पनि मिटर ब्याज लगाउने कै पक्षमा हुन कि भन्ने गुनासो सर्बसाधारण को छ
नियम दिनअघि जिल्ला प्रहरी कार्यालय चितवनमा एक महिला गुनासो गर्न पुगिन् । आफूले सुरूमा ५ लाख सापटी लिएको तर तीन महिनामै व्याजसहित आठ लाख पुग्यो भनेर धनीले भनेपछि उनी चकित परिन् । उनले आफूमाथि मिटर व्याज लगाइएको भन्दै प्रहरीसँग गुनासो गरिन् । सँगै रहेकी धनीले उनको कुरालाई प्रतिवाद गरिरहे । कुरा टुङ्गो नलागेपछि थप छलफलका लागि उनीहरु प्रहरीको कार्यकक्षबाट निस्किए ।
मिटर व्याजमा लगाएर बढी रकम लिएको भनी प्रहरीकहाँ फाटफुट मान्छे पुग्छन् । तर, कागज र अन्य प्रमाण नहुने हुँदा न्याय/अन्याय के हो छुट्टयाउनै नसकिने चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । मिटर व्याजलाई कानुनले संरक्षण नगर्ने भन्दै प्रहरीले पनि पीडितलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
साउन २८ गते सूचना सार्वजनिक गरी गृह मन्त्रालयले नै मिटर व्याजपीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेकोमा चितवनमा एउटा पनि उजुरी नपरेको पाइएको छ । ५ भदौसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको थियो । सरकारले मिटर व्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी गर्न आह्वान गरेको थियो । गाउँघरमा मिटर व्याजकै कारण आर्थिक कारोबार बिथोलिएर सडकमा पुगेको र कोही गाउँठाउँ नै छाडेर भाग्ने गरेका छन् । मिटर व्याज गैरकानुनी धन्दा भएकाले पनि जोकोहीले न्यायका लागि अपिल गर्न सक्दैनन् ।
समस्या चेक बाउन्सको
चितवनमा चेक बाउन्सको समस्या ठूलो छ । दैनिकरुपमा पीडितहरु बाउन्स गरिएको चेक र निवेदन लिएर प्रहरी कार्यालय पुग्छन् । बैंकमा आफ्नो खातामा नभएको रकम छ भनी झुक्याई चेक दिने र चेकवाहकले साट्न जाँदा पैसा अपुग हुने वा खाता रित्तो हुने गर्दा चेक बाउन्स गराई पीडितहरु प्रहरीकोमा आउने गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी अधिकारीले बताए ।
‘तराईका जिल्लामा मिटर व्याजले जत्तिको समस्या पारेको छ त्यत्तिको चितवन जिल्लामा चेक बाउन्सको समस्या छ’, उनले भने । दैनिकजसो दुई–चार जना चेकबापत हुने गरेको कारोबारको समस्या लिएर आउने गरेकोमा केहीको आपसी समझदारी र छलफलको आधारमा टुङ्गो लगाउने गरेको र समझदारीमा नआउनेको हकमा प्रमाण जुटाई मुद्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।
व्यापारिक कारोबारको क्रममा र पैसा सापट लेनदेनको क्रममा चेक बाउन्स गराउने र उजुरी दिनेहरु बढी मात्रामा रहेको डिएसपी अधिकारीले बताए । यस जिल्लामा कारोबार भएको भनी अन्य जिल्लाबाट पनि पीडितहरु न्याय माग्दै आउने गरेका छन् । व्यक्ति–व्यक्तिबीच मात्र नभई फर्म वा संस्थामा पनि यो समस्या देखिन्छ ।