महिला बचत समूहहरुको लागी ४५ दिने आधारभूत लेखा तालिम
महिला बचत समूहहरुको लागी बी.उ.म.न.पा.को सहजीकरण र यू.डी.बाइ-सेफ कम्प्यूटर एजूकेशनको आयोजनामा ४५ दिने कम्प्यूटर लेखा तालिमको कार्यक्रममा प्रमूख अतिथी हरिकिशोर चौरसिया, बिशिष्ट अतिथी मुकेश गुप्ता ,प्रशिक्षक बंशीधर गुप्ता,रोहित गुप्ता लगायतको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरु तबिता घिमिरे, जानकी बिश्वकर्मा,उषा लामा ,सोबिना कार्की,अनिता शर्मा,शर्मिला तामाङ,शर्मिला न्योपाने ,लक्षमी भट्टराइ,अनिता गौतम,बबिता कुमारी,गायत्री चौधरी,सरिता कुमारी गुप्ता,रञिता शाही, सिंधु कोइराला अधिकारी, उर्मिला गुप्ता, रोशनी पटेल्, सोनी चौरसिया, अमृता चोधरी, रुपा बस्नेत गरि २२ जना महिला बचत समूहको सहभागीतामा आयोजक संस्थाको अध्यक्ष बंशीधर गुप्ता को अध्यक्षतामा कार्यक्रम उदघाटन भएको थियो । तालिम पश्चात महिलाहरु आफ्नो बचत समूहको लेखा कम्प्यूटरमा प्रबिष्टी वा इन्ट्री गर्ने यस तालिमले मद्दत गर्छ । यस सिपबाट क्षमता अभिबृद्धीमा समेत टेवा पुग्ने र सिकेको कुरा ब्यबहारमा उतार्ने कुरामा समाजिक बिकाशका सहायक प्रमूख मुकेश गुप्ता ले प्रकाश पार्नु भयो। सो कार्यक्रमको उदघोष श्यामबिनय चौधरीले गरेको थियो ।
