![]()
पिपुल्स न्युज : खोजखाज : पूर्वसचिव भीम उपाध्यायले नेपालमा इसाइकरणका निम्ति खटिएका केही ‘ब्राह्मणपुत्र’हरूको नाम सार्वजनिक गरेका छन् । ‘हिन्दूबाट इसाई धर्मान्तरण गराउने नेपालका प्रमुख बाहुन’ शीर्षक राखेर उपाध्यायले आफ्नो फेसबुक वालमार्फत एक्काइस त्यस्ता व्यक्तिहरूको नाम सार्वजनिक गरेका छन् जो विगत लामो समयदेखि इसाईधर्म विस्तारमा मूख्य भूमिका निर्वाह गर्दैछन् ।
सूचीमा उपाध्यायले गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, प्रचण्ड, माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला, एकनाथ ढकाल र झलनाथ खनाललगायतका ब्राह्मण थरधारीहरूको नाम उल्लेख गरेका छैनन् । जबकि नेपाललाई इसाईकरण गराउन मूख्य भूमिका उल्लिखित व्यक्तिहरूले नै निर्वाह गरेका थिए ।

सूचीमा पास्टर क्रिष काफ्ले, महेन्द्र भट्टराई, जोयल काफ्ले, विकास आचार्य ‘मासे’, युसुफ शर्मा, विसप नारायण शर्मा, जीवन शर्मा, दया शर्मा, पदम भट्टराई, चेतराज जोशी, भरत भट्टराई, केशव आचार्य, सामुयल शर्मा, हेमचन्द्र शर्मा, विष्णु रेग्मी, सुदास शर्मा, दान पोखरेल, कुमार पोखरेल, गोपाल रेग्मी, प्रिन्स शर्मा र सुभाष शर्मा रहेका छन् । निजहरूले पास्टर तथा अन्य विभिन्न भूमिकामा रहेर धर्मान्तरणको काम गर्दै आएका छन् ।
देशका विभिन्न भागमा खोलिएका हज्जारौँ चर्चहरूमा अधिकाङ्श ‘ब्राह्मण’हरू संलग्न भए पनि तिनको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । प्राप्त जानकारीअनुसार मुलुकमा यतिबेला चर्चहरूको सङ्ख्या तेह्र हजार नाघेको छ । वि.सं. २००८ सालमा युएमएन नामक विवादास्पद संस्थालाई नेपालमा काम गर्ने अनुमति दिइँदा देशभित्र एउटै पनि चर्च (गिर्जाघर) थिएनन् । २०६३ को परिवर्तनभन्दा अघि करिब सात सय चर्च रहेकोमा त्यसपश्चात रातारात यो सङ्ख्या बढेर हज्जारौँ हुन पुगेको हो । धर्मनिरपेक्षतासहितको सङ्घीय गणतान्त्रात्मक प्रणाली कार्यान्वयनमा ल्याइएपछिको सबैभन्दा ठूलो ‘उपलब्धि’का रूपमा इसाइकरणलाई लिइएको छ ।