![]()
कोरोनाभाइरस महामारीका कारण नेपालमा गत एक वर्षमा पौने तीन लाख सङ्क्रमित भए अनि झण्डै तीन हजारभन्दा बढीले ज्यान गुमाए । वर्षैभरि महामारीको त्रास कायमै रह्यो। लामो लकडाउनले स्वास्थ्यका साथै जनजीविकामाथि नै असर पर्यो । विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू औँल्याएका छन्।
२. सिक्न नसक्ने प्रवृत्ति : मानिसजस्तै संस्था तथा प्रणालीले पनि या त अरूको भोगाइबाट जान्ने या त आफ्नै गल्तीबाट सिक्ने मौका पाउँछन् । तर हाम्रो स्वास्थ्य प्रणालीको अवस्था हेर्दा भोगाइबाट सिक्ने प्रवृत्ति देखिँदैन । अर्थात् कमजोरीहरू दोहोरीरहन्छन्, जनस्वास्थ्यविद् वन्तले बताए । आवश्यक सामग्री खरिद, जनशक्तिको व्यवस्थापन, परीक्षण तथा सम्पर्क पहिचान अनि उपचार प्रबन्धजस्ता विषयमा नेपालले बितेको एक वर्षमा प्रशस्त अनुभव हासिल गरिसकेको छ । ती अनुभवको सदुपयोग गर्न सकेमात्रै पनि आगामी दोस्रो वा तेस्रो लहरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ ।

४. कमजोर संरचना र स्रोतको अभाव : महामारीभन्दा पहिलेकै अवस्थादेखि नेपालका स्वास्थ्य संरचना तथा स्रोतको अवस्थामा प्रश्न उठ्दै आएका थिए । महामारीले ती संरचना कति कमजोर रहेछन् भन्ने देखाएको विज्ञहरू बताउँछन् । अन्य देशले जति धेरै सङ्क्रमण नबेहोर्दा पनि स्वास्थ्य संरचनाले निकै चुनौती बेहोरे । न्यूनतम सुविधा सहितका शैय्या भएका अस्पतालहरूको अभाव खट्कियो भने सघन उपचार धेरैलाई आवश्यक परे के गर्ने भन्ने त्रासपनि उत्पन्न भए । हालै सरकारले तीन सयभन्दा धेरै स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको घोषणा गरेकोलाई विज्ञहरूले स्वागत गरेका छन् । तर भौतिक संरचनाका अतिरिक्त जनशक्ति तथा स्रोतको वितरण हुन नसके त्यसले फाइदा नदिने भन्दै उनीहरूले सचेत गराएका छन् । जनशक्तिमा पनि दक्ष चिकित्सकका अतिरिक्त दक्ष नर्स तथा अन्य दक्ष प्यारामेडिकको महत्त्व थप देखिएको उनीहरूले बताए ।
५. व्यवस्थापन कौशलमा पछि : संरचना र स्रोत भएपनि तिनको उचित व्यवस्थापन हुन नसके बेकामे हुनसक्छन् भन्ने उदाहरण अन्य देशको अनुभवबाट देख्न सकिने डा वन्तले बताए । हामीले धनी तथा शक्तिशाली देशले स्रोत व्यवस्थापन गर्न नसकेका उदाहरण पनि देख्यौँ । त्यसैले स्रोतमात्रै सबथोक होइन, व्यवस्थापन पनि जान्नुपर्छ भन्ने गतिलो सन्देश यो महामारीले दिएको छ, उनले भने । हामीकहाँ नीतिगत निर्णय गर्नुपर्यो भने जहिले पनि अलमल र ढिलासुस्ती हुन्छ । निर्णय प्रक्रिया चुस्त छैन। अनि कार्यान्वयन अझ फितलो छ, उनले बताए । 
‘चाँदीको घेरा’ : गत एक वर्षको अनुभव नियाल्दा नेपालको स्वास्थ्य प्रणालीमा कतिपय आशलाग्दो पक्षपनि देखिएको विज्ञहरूले बताएका छन् । हाम्रो प्रणाली कतिपयको तुलनामा बेसी उत्तरदायी देखियो । ज्येष्ठ नागरिकले बेलैमा खोप पाए अनि धेरैको मृत्यु भएन । जनस्वास्थ्य प्रणाली सोचेजत्ति खराब रहेनछ भन्ने देखायो, डा उप्रेती बताउँछन् । अस्पताल तथा प्रयोगशालाहरूमा भएका विस्तार तथा विकास, जनचेतनामा आएको अभिवृद्धिजस्ता विषय सकारात्मक पाटो भएको डा वन्तले औँल्याए । यी सकारात्मक पक्षहरूमा टेकेर पूर्वतयारी अनि समन्वयमा ध्यान दिन सके आगामी दिनमा आउनसक्ने कोभिड महामारीको थप लहर वा अरू महामारीबाट पनि निकै हदसम्म जोगिन सकिने जानकारहरूले बताएका छन् ।L
Visitor Rating: 99%