सिंगापुरको ‘एनयूएच’ अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण हुने

Loading

Peoples News : काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच)मा स्वास्थ्य परीक्षण हुने भएको छ । ओली शनिबार बेलुकी ९ बजेर ४५ मिनेटमा सिल्क एयरको फ्लाइटबाट जानेछन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे बिहीबार बस्ने मन्त्रिपरिष बैठकले औपचारिक निर्णय गर्नेछ । प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भए पनि उनी थप परीक्षणका लागि सिंगापुर जान लागेका हुन् । उनी करिब एक साता त्यहाँ बस्नेछन् । 

उनको गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण भएको थियो। उक्त परीक्षणपछि थप फलोअपका लागि निजी चिकित्सकहरुले सिंगापुर जान सुझाएका थिए।
मिर्गौला प्रत्यारोपण गरेका ओली नियमितस्वास्थ्य परीक्षण गर्दै आएका छन्। स्रोतका अनुसार गत शुक्रबार सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको नियमित ल्याव परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो। उनको रगतमा क्रेटिनाइनको मात्रा बढेको छ।
चिकित्सकहरुका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ। कहिलेकाही‌ं यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ। यसको परीक्षण मिर्गौलाको कार्य प्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा पिसाबमा प्रोटिन देखिए पनि गरिन्छ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपण गरेलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ। मिर्गौलाले राम्ररी काम गरेको छ कि छैन भनेर सुरुमा परीक्षण गरिन्छ। प्रधानमन्त्री ओलीको भने अहिले सुरुआती परीक्षण होइन। मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ। धेरै लामो समय भएपछि पनि त्यसको कार्यप्रणाली कस्तो छ भनेर बुझ्नका लागि बायोप्सी गरिने चिकित्सकहरुले बताएका छन्।
प्रधानमन्त्री ओलीको हातमा ६ वर्षअघि हातमा संक्रमण भएको थियो। त्यसपछि निकै लामो समय उपचार गरेर निको भएको थियो। उनले दिल्ली र थाइल्यान्डमा गएर उपचार गरेका थिए। त्यसपछि उनी नियमित फलोअपमा उपचार थाइल्यान्ड जाने गरेका थिए। गतवर्ष प्रधानमन्त्रीको शपथ लिनुभन्दा केही दिनअघि उनी बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेशलन अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।
प्रधानमन्त्री भएपछि उनी स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन्। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। savar kantipur dally

Leave a Comment