मकवानपुरको दुई स्थानमा दुईवटा गाडीमा आगजनी

Loading

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ । गएराती मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताएका छन । मानविय क्षति भने नभएको बताइएको छ ।

Leave a Comment