![]()
peoples News (ktm) महोत्तरी – दश हजार घुस रकम सहित मालपोत कार्यालय जलेश्वरका नायव सुब्बा ढक बहादुर कार्की पक्राउ परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले गौशाला नगरपालिका १ बाट घुस वापत लिएको १० हजार नगद सहित कार्कीलाइ पक्राउ गरेकाे हाे।
ज९प ४९८६ नम्वरको मोटरसाईकल चढेर रामनगर पुगेका कार्कीले आमाको नाममा रहेको जग्गा आमाको मृत्यु पश्चात छोरीहरुलाई नामसारी गर्नका लागि सर्जमिन मुचुल्का बनाउन गएको वेला घुस वापत १० हजार माग गरेका थिए। सो वारे उजुरी गर्नेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासलाई गोप्य सूचना दिएपछि आएको टोलीले उनलाई घुस वापत लिएको रकम सहित पक्राउ गरेको थियो। पक्राउ परेका नासु कार्की उदयपुर १७ बोक्सेका स्थायी बासिन्दा हुन्। savar nagrik dally